बाँके : अनुगमन नहुँदा गाउँमा सामानको मूल्यमा मनपरी, राहत बिरतणमा समन्वयको अभाव

कोरोना कहरबाट प्रभावितलाई राहत गर्दा स्थानिय तहमा आवश्यक समन्वय नभएको पाईएको छ । कोरोना बिरुद्धको अभियानमा स्थानिय तहले चालेका कदम, राहत बितरण प्रणाली त्यसमा लक्षित बर्गको पहुँचबारे बुझ्न गएको अधिकारकर्मीको टोलीले यस्तो पाएको जनाएको छ ।
डुडुवा, नरैनापुरमा वडा अध्यक्ष, पालिका अध्यक्ष र प्रमुख राजनैतिक दलहरुका बिचमा आवश्यक समन्वय नभएकाले गुनासो जनप्रतिनिधिहरुबाटै आएको अधिकारकर्मीले बताएका छन् ।

डुडुवा गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष मोहन मिश्रले राहत बितरणमा पालिका अध्यक्षले वडा अध्यक्षलाई कुनै मतलव नराखी कर्मचारी मार्फत राहत बाड्न लगाएको आरोप लगाए । यता पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने राष्ट्रिय नीति अनुसार नै राहत बितरण गरिएको बताए । वडा र पालिका बिच समन्वय नभएको भन्ने बिषयमा ध्यानाकर्षण गराउँदा अध्यक्ष चौधरीले वडा अध्यक्षहरुले राम्ररी काम नगरेको, राहत पाउनु पर्ने ब्यक्ति भन्दा बढीको नामावली पठाएको सन्दर्भमा आफु पनि जननिर्वाचित भएकाले कर्मचारी लगाई राहत बितरण गरिएको बताए ।

जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजय कुमार श्रीवास्तव र प्रदेश सभा सदस्य बिजय यादवले पनि डुडुवा गाउँ पालिकाले राजनैतिक आस्थाका आधारमा राहत बितरण गर्ने गरेको आरोप लगाए । डुडुवाको राहत बितरण प्रणाली चुनावी राहत जस्तो देखिएको बताउदै श्रीवास्तवले भनाई राखेका थिए ।  

यसै गरि नरैनापुर गाउँपालिका वडा नं  ५ का वडा अध्यक्ष युवराज भन्ने कृष्णचन्द्र मौर्यले पनि राहत बितरण आफुसंग कुनै समन्वय नगरि अध्यक्षले आफुखुसी गर्ने गरेको आरोप लगाए । वडा अध्यक्ष मौयले आफ्नो अधिकार प्रयोग गर्न नपाएको समेत गुनासो गरे । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीयाक अहमद शाह भने  गाउँपालिकाले समन्वयमा लक्षित बर्गलाई राहत गरिएको जानकारी दिएका थिए ।

राप्ती सोनारी गाउँपालिका वडा नं ७ फत्तेपुरका स्थानिय दुर्गा पाण्डेले लामो लकडाउनका कारण गरिव निमुखाबर्ग रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताए । राहत पाउनु पर्ने जतिले पाएका छैनन, कतिपय हुनेखालले राहत पाएका छन् । पाउनु पर्नेले पाएका छैनन स्थानिय मुनब्बर नाउँले अधिकार्कीलाई भनेका छन् । गाउँमा कृषिजन्य मलखाद बिउँको अभाव भएको, गाउँमा नुनको प्रतिकेजी मुल्य रु ३०÷४० पर्ने गरेको, चिनीको प्रतिकेजीको रु १०० तेलको मुल्य बढेको दुर्गा पाण्डेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भोगभगवानपुरका प्रमुख प्रहरी निरिक्षक मान बहादुर बिसीले पहिलेको तुलनामा अपराध घटे पनि बर्तमान लकडाउन अवस्थामा पनि गोवधको अपराध घटेको जानकारी दिए । खुल्ला सिमाना भएका कारण अझैै भारत तर्फबाट मान्छेहरु आउने क्रम जारी रहेको बताए ।

बर्तमान अवस्थामा मानव अधिकारको अवस्था बुझ्न बाँकेको बिकट क्षेत्र राप्ती पारीको बगैडा क्षेत्रमा पुगेका अधिकारकर्मीले डुडुवा र नरैनापुर गाउँपालिकामा वडा अध्यक्ष र पालिका अध्यक्ष बिचमा आवश्यक समन्वयको अभाव देखिएको, अधिकारको लडाई, फरक राजनैतिक दलबाट निर्वाचित भएका कारण राजनैतिक पुर्वाग्रहले राख्ने गरेको उनीहरुकै भनाईबाट जानकारी हुन आएको बताएका छन् । अनुगमनबाट राहत बितरणमा सरकारी मापदण्ड  र कार्यबिधि पालना नगरेको भन्ने स्थानियबाट गुनासो आएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । सबै लक्षित बर्गले राहत नपाएको भन्ने गुनासो आएको, द्धन्द्ध  पीडितहरुले समेत राहत नपाएको गुनासो आएको गौतमले भने ।

डुडुवा र नरैनापुरका क्वारेन्टिन आवश्यक पुर्वाधार र मापदण्ड बमोजिम संचालन नभएको भन्ने गुनासो आएको अधिकारकर्मी बिश्वजित तिवारीले बताए ।
राप्तीपारी खुल्ला सिमा क्षेत्रका कारण नाका सिलका बिच भारत तर्फबाट ब्यक्तिलहरु आउने क्रम नरोकिएको पाईएको अधिकारकर्मी सुरेश कुमार गौतमले जानकारी दिए । बाँकेको राप्ती पारि बगौडा क्षेत्रमा बस्तुको सामानको अभाव नभएता पनि अत्यावश्यकिय खाद्य सामाग्रीको मुल्य बृद्धि भएको गुनासो आएको नेपाल बारका पुर्व अध्यक्ष प्रह्लाद बहादुर कार्कील बताए ।  

कोरोनाको कहरमा मानव अधिकारको अवस्था बारे बुझन नेपालगंजबाट अधिकारकर्मीको टोली बाँकेको दुर्गम मानिने बगौडा क्षेत्रमा पुगेको थियो । टोलीमा अधिकारकर्मीहरु वसन्त गौतम, प्रह्लाद बहादुर कार्की, सुरेश कुमार गौतम, बिश्वजित तिवारी र रबिन्द्र कर्ण सम्लग्न थिए । अधिकारकर्मीको टोलीले कोरोना बिरुद्धको अभियानमा स्थानिय तहले चालेका कदम, राहत बितरण प्रणाली त्यसमा लक्षित बर्गको पहुँच, क्यारेन्टिनको अवस्था, स्वास्थ्य सेवा, ग्रामिण बस्तीका नागरिकले राहत प्राप्त गरे नगरेको अवस्थाका बारेमा तथ्य संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया