बाँकेको खजुरामा भूतपूर्व सैनिकहरुले कोरोना विरुद्धको अभियानमा सघाउन थालेका छन् । भूतपूर्व सैनिक कल्याणकारी ईकाइ राधापुरले कोरोना बिरुद्धको अभियानमा रकम र खाद्यान्न संकलन गरी आवश्यक भएकालाई वितरण गर्न सुरु गरेको मैटहवा क्वारेन्टाइनका संयोजक भीम ओलीले जानकारी दिएका छन् ।
भूपू सैनिकले खजुरा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा चाउचाउ, तेल, आलु, पानी, चिउरा बितरण गरेको छ ।
कल्याणकारि समितिको बैठकले कोरोना विरुद्ध सचेतना अपनाउँदै अपरिचित व्यक्तिलाई निगरानी गर्ने, प्रवेशमा रोक लगाउने निर्णय पनि गरेको छ । भुपु सैनिकले सँकलन गरेको रकम र खाद्यान्न राधापुरमा नै बिपन्न बर्गलाई वितरण गरिने इकाईका अध्यक्ष चेत बहादुर थापाले बताएका छन् ।