जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउनको उल्लंघन गर्ने १ सय ५० बढीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार र बुधबार गरी नेपालगन्जका विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने मानिसहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी, प्रशासनको अनुरोध वावजुद लकडाउनलाई वेवास्ता गरेर सडकमा निस्केकाले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीले म्यान क्याचरको प्रयोग गरी मंगलबार ४८ र बुधबार १ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसक्रममा बुधबार ८९ वटा मोटरसाइकलको चाबी समेत खोसिएको थियो ।










