दुई सय परिवारलाई वडाको राहत

लकडाउनका कारण प्रभावित भएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बासिन्दलाई राहत वितरण सुरु भएको छ ।

वडाले दैनिक मजदुरी गरेर खाने तथा विपन्न दुई सय परिवारका खाद्यान्न वितरण सुरु गरेको वडाध्यक्ष सुनिल सिंह हमालले जानकारी दिएका छन् । राहतका लागि भएको खर्च वडा र जनप्रतिनिधिको एक महिनाको सुविधाबाट मिलान गर्ने हमालले जानकारी दिए ।


वडाले राहत व्यवस्थापनका लागि छानविन गरी कुपन सिष्टम लागु गरेको छ । नेपालगन्ज–२को नेरानिमाविबाट कुपन र वडा कार्यालयबाट राहत सामाग्री वितरण व्यवस्था मिलाइएको छ ।

वडाध्यक्ष हमालले प्रति परिवार १५ केजी चामल, ५ केजी पिठो, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल र ५ केजी आलु वितरण गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया