एक वर्ष देखि डाक्टर विहिन नरैनापुर

बाँके नरैनापुर गाउँपालिका एक वर्ष देखि चिकित्सक विहिन अवस्थामा छ । नरैनापुरमा स्थापित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सकको दरबन्दी भएपनि एक वर्षको अवधिमा कुनै चिकित्सक नआएको गुनासो बाहिर आएको छ ।


यसअघि नियुक्त रहेका डा.भिष्म पोखरेल कालीकोट सरुवा भएको एक वर्ष भयो । त्यसपछि नरैनापुर गाउँपालिकालाई चिकित्सक खटिएको सम्बन्धमा कुनै पत्र प्राप्त भएको छैन । चिकित्सक नियुक्त रहे नरहेको सम्बन्धमाहामीलाई अहिले जानकारी नै छैन, नेपालगन्ज न्युज संग कुरा गर्दै नरैनापुरका स्वास्थ्य संयोजक मोइन खाँले भने, एक वर्ष देखि प्राथमिक केन्द्र अहेब र अनमीको भरमा संचालन हुँदै आएको छ ।


नरैनापुर क्षेत्र सहित देशमा कोरोना संकट बढ्दै गएको अवस्थामा डाक्टरको खोजी सुरु भएको हो । ३ करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिकाको वडा नं.२ मा रहेको स्वास्थ्यकेन्द्रमा एक जना एमविविएस डाक्टर सहित १३ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया