ज्यालादारी श्रमिक, गरिब, विपन्न र असहायलाई खाद्यान्न वितरण

बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ ले ३७ अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । वडाध्यक्ष तिलक वीर सुनारको पहलमा जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिबाट नगद संकलन गरी अति विपन्न ३७ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

‘लकडाउनका कारण दैनिक मजदुरी गर्ने परिवारलाई खाना खाना नै समस्या भएपछि खाद्यान्न वितरण गरेका हौं’, वडाध्यक्ष सुनारले भने ।


प्रति परिवार १ लिटर धारा तेल, २ किलो नुन, २ केजि दाल, १ पाकेट सोयबिन र २५ के जि चामल, डिटोल साबुन लगायतका सामाग्री सहयोग गरिएको हो ।

कोरोना भाइरस ले देश मै लकडाउन भएर दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका गुलरिया नगरपालिका बडा नं ६ का स्थानीय ‌लाई खाद्यान्न वितरण गरिएको छ। कोरोना भाइरस को त्रासदी नेपाल सरकारले आज लकडाउन गरेको ६ दिन सम्म कुनै पनि काम गर्न नपाएर घर मै बस्न बाध्य ज्यालादारीमा काम गर्ने श्रमिक, गरिब, विपन्न र असहायलाई खाद्यान्न वितरण गरिएको गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष निरज कुमार शर्माले बताए।

लकडाउनले काममा जान पनि नमिल्ने र दैनिक श्रम गरेर साँझ र बिहानको चुल्हो  जलाउने परिवारहरु को समस्या बुझेर  वडाका त्यस्ता व्यक्ति पहिचान गरी खाद्यान्न वितरण गरिएको शर्माले जानकारी दिए। हामी जस्ता दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकालाई बडा नं ६ ले लकडाउनको समयमा गरेको यो खाद्यान्न  सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहेको वडा नं ६ का स्थानीय रग्घु वाल्मीकिले बताए।लकडाउनले ज्यालादारी पनि गर्न नपाउने र घरको दैनिकी खाद्यान्न ‌को व्यवस्था कसरी जोहो गर्ने भन्ने सोचमा थियौं तर बडा ले खाद्यान्न सहयोग गर्यो खुसी लागेको दुर्गा योगिले बताउनुभयो। वडा नं ६ का करिब १ सय परिवारलाई चामल र दाल वितरण गरिएको वडा नं ६ का वडा सदस्य मोहम्मद अयुव हलवाइले बताए।

प्रतिक्रिया

प्रतिक्रिया