बालसंरक्षण नीति निर्माणका लागि कार्यशाला

बर्दिया/समाचारदाता

गुलरिया नगरपालिकाको बाल संरक्षण सम्बन्धी नीति निर्माणको लागी दुई दिने कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टरनेशनल फिल्ड अफिस नेपालगन्जको सहयोगमा बाँके युनेस्को क्लव र गुलरिया नगरपालिकाको आयोजना भएको नीति निर्माण सम्बन्धी कार्यशाला गोष्ठमा बालअधिकार सम्बन्धी राष्ट्रिय अन्तराष्ट्रिय कानूनी ब्यवस्था र नीति निर्माण प्रक्रियाका बिषयमा अधिवक्ता वसन्त गौतमले सहजीकरण गरेका थिए ।


नगरपालिकाका पदाधिकारी, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका बिभिन्न शाखाका कर्मचारी, कानून ब्यवसायी पत्रकार बालक्लव, नागरिक समाज लगायतका सरोकारवाला उपस्थित गोष्ठीमा नगरपालिकाको बालसंरक्षण अवस्थाको बारेमा बिश्लेषण गरि भावी बालसंरक्षण नीति कस्तो बनाउने भन्ने बारेमा ब्यापक छलफल भएको बाके युनेस्को क्लवका कार्यक्रम अधिकृत परशुराम थारुले जानकारी दिए ।


गोष्ठीमा बाल संरक्षणको बर्तमान अवस्था, बाल संरक्षणका सवाल र चुनौतीहरु, बाल संरक्षणमा विगतमा गरिएका प्रयास, बाल संरक्षण नीतिका आवश्यकता, बाल संरक्षणका दिर्घकालिन लक्ष्य र प्रमुख उद्देश्यका बारेमा समुहगत छलफल गरिएको थियो ।


यस्तै गरि बाल संरक्षणका अपनाउनु पर्ने प्रमुख नीति एवं रणनीतिहरु, मुख्य मुख्य कार्यक्रमहरु, सस्थागत ब्यवस्था र क्षमता बिकास, उजुरी तथा गुनासो सम्बन्धी ब्यवस्था, नीतिको प्रचारप्रसार तथा कार्यान्वयका बिषयमा छलफल गरिएको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले जानकारी दिइन् ।


गोष्ठीले गुलरिया नपाका उपप्रमुख सुशीला गिरीको संयोजकत्वमा १२ सदस्यित नीति मस्यौदा समिति गठन गरेको छ । गोष्ठीमा भएका समुहगत छलफलबाट आएका कुराहरुलाई समेतटेर मस्यौदा नीति निर्माण गर्ने र त्यसलाई नगरपालिकामा पेश गर्ने कार्यक्रम रहेको बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत परशुराम थारुले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया