जुम्लामा माइनस सात डिग्री तापमक्रम
देशभर सहित बुधबार नेपालगन्जमा अत्याधिक चिसो महसुस गरिएको छ । दिनभर घाम नलागेपछि नेपालगन्जको तामक्रम घटेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार नेपालगन्जको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस रह्यो भने अधिकतम १५ डिग्री । बुधबार विहान नेपालगन्जको अधिकतम तापक्रम १५ र न्यूनतम ११.५ डिग्री सेल्सियस रहेको थियो ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नभएको बताएको छ । देशमा सबैभन्दा चिसो जुम्लामा रहेको छ । बुधबार जुम्लाको न्यूनतम तापक्रम माइनसमा पुगेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम ९.६ डिग्री सेल्सियस रहेको छ ।











