तरुण आन्दोलित हुने

नेपालगन्ज – नेपाली काँग्रेसको युवा संगठन, नेपाल तरुण दलले आन्द्योलित हुने चेतावनी दिएको छ । नेपालगन्जमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरेको तरुण दलले यही २५ गतेदेखि शान्तिपूर्ण आन्दोलन घोषणा गरेको हो ।


‘बाँकेमा योजनाबद्ध रुपमा कांग्रेसका नेता कार्यकर्तालाई फँसाउन प्रहरी प्रशासन लागेकोले आन्दोलित हुनु परेको हो,’ तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले पत्रकारहरुसंग भने, ‘बाँके प्रहरीले नेकपाको भ्रातृ संगठनको जस्तो व्यवहार ग¥याेि ।’ बस्नेतले कांग्रेसका नेता कार्यकर्ता, तरुण दलका नेता कार्यकर्ताहरुलाई फँसाउने नियतका साथ काम गरिरहेको आरोप प्रहरी माथि लगाए ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठोरले प्रहरी हिरासतमा रहेका तरुण दल नेपालगन्जका नगर सभापति सन्दीपजंग शाहको रिहाईको लागि मात्र नभएर बाँकेमा एक पछि अर्को गर्दै कांग्रेसमाथि भइरहेको ज्यादती विरुद्ध भएको आन्दोलन गर्नुपरेको बताए । शाहको हतियार काण्डमा प्रहरीकै पनि पोलीग्राफ टेस्ट हुनुपर्ने राठोरको माग छ ।


पत्रकार सम्मेलनमा कांग्रेस बाँके जिल्ला सभापति किरण कोइराला, तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहलगायतले बाँके प्रहरी तरुण कार्यकर्ताहरुलाई अनावश्यक दुःख दिन उद्यत रहेको आरोप लगाए ।

प्रतिक्रिया

प्रतिक्रिया