नेपालगन्ज – नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्दको अन्तराष्ट्रिय दिवस मनाउनको लागि नेपालगन्ज उपमहानगरपालिकाको उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा उपमहानगरपालिका स्तरीय मुलसमारोह समिति गठन गरि कार्यक्रमको बारे वृहत छलफल गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको प्रमुख शोभा शाहले सञ्चालन गर्न भएको वैठमा उक्त लैङ्गिक हिंसा विरुद्धको १६ दिने अवधिमा ¥याली, हस्ताक्षर संकलन, महिला मैत्री फुटबल, पप्लेट वितरण, अनुगमन, चित्रकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, रेडियो संवाद कार्यक्रम, जनस्तरमा जारी सन्देश, स्कुल शिक्षा कार्यक्रम अन्तरक्रिया कार्यक्रम, मैनवत्ति प्रज्वलन, घरदैलो कार्यक्रम लगाएको कार्यक्रमहरु गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाको उप–प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
यस वृहत अभियानलाई सफल पार्न व्यवस्थापन उपसमिति, प्रचार प्रचार उपसमिति, ¥याली व्यवस्थापन उपसमिति, अनुगमन उपसमिति, आर्थिक उपसमति तथा घरदैलो तथा सेतो रिवन अभियान उपसमित पनि गठन गरिएको छ । तयारी वैठकलाई समापन गर्दै नेपालगन्जमा रहेका सम्पुर्ण सरकारी तथा गैर सरकारी संघसंस्था तथा सरोकारवाला सवै मिलेर यस अभियानलाई भव्यताका साथ सफल पार्न अनुरोध समेत गरिएको छ ।
सो तयारी वैठकमा नेपालगन्ज उपमहानरपालिका भित्र कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु प्लान नेपाल ईन्टरनेशनल, सिविन नेपाल, स्याक नेपाल, शक्ति समुह, नेपाल युवा परिषद,माहुरी होम नेपाल,आफन्त नेपाल, ज्ञान नेपाल, आशा नेपाल, फातिमा फाउण्डेशन नेपाल, उद्योग बाणिज्य संघ, बाँके युनेस्को क्लव, उडान नेपाल, आई.एन.एफ., दन्द्ध पिडित तथा एकल महिला सञ्जाल बाँके, साथी बाँके सानाहातहरु नेपाल, माईति नेपाल, डव्लु.एच.आर.डि.,उपमहानगरपालिका स्तरीय बालक्लव सञ्जाल, जिल्ला स्तरीय बालक्लव सञ्जाल लगाएत संघसस्थाह?का प्रतिनिधिह?को उपस्थिति रहेको प्रचार – प्रचार उपसमितिले जानकारी दिन’भयो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्दको अन्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने प्रचलन छ । महिला माथि हुने हिंसा मानवअधिकारको हनन् साथै अपराधको रुपमा अझै सम्म पनि स्थापित हुन सकिरहेको छैन । महिला माथि हुने विभिन्न दुव्र्यवहार तथा हिंसा क्षमायोग्य पनि छैन भनि संसार भरी यो अभियान सन्चालनमा रहेको छ ।