नेपालगन्ज – शनिबार नेपालगन्जमा भेरी सहकारी वित्तीय संस्था र लायन्स क्लब अफ नेपालगन्ज क्रियटिभ सहित लायन्स तथा लियो क्लबहरुको संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
लायन्सका पूर्व गभर्नर सेम शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । भेरी सहकारीका कार्यकारी निर्देशक सुशीला शर्माले उद्घाटन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष बसन्त लामिछानेले लायन्स मानवीय कार्यमा सधै सक्रिय रहेको उल्लेख गर्दै रक्तदानका लागि संस्थागत सहकार्य गरिएको बताए ।
कार्यक्रममा लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठले रक्तदानको महत्वका बारेमा बोलेका थिए । कार्यक्रममा व्लड बैक प्रमुख उपेन्द्र रेग्मीले पर्वका बेला रक्तदान कम हुँदा भएको रगतको कमीलाई रक्तदानले पूर्ति गर्न सहयोग मिलेको बताएका थिए ।
लायन्स लिडर मीना सुवेदी ढकाल सञ्चालन गरेको कार्यक्रममा लायन्स लिडरहरु संजय सिंह, आभा गौंतम, व्लड डोनेसन कोर्डिनेटर रमानाथ ढकाल, भेरी सहकारी वित्तीय संस्थाका पदाधिकारीहरु, कर्मचारीहरु तथा स्थानीय सम्पूर्ण लायन्स तथा लियो क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।