मोफसलमा बसेर पनि मै रहे चर्चाका गीतकार

कुनैबेलाको चर्चित गीत ‘भैंसी पालेर’का गीतकार अर्जुन गैह्रेले ‘धुलो खाएर’बोलको गीत ल्याएका छन् । स्याङ्जा वालिङको वायाटारीका उनले निकैपछि ‘धुलो खाएर’बोलको गीत ल्याएका गरेका हुन् ।

गृहजिल्ला स्याङ्जामा रहेर शिक्षण पेशालाई अगाडि बढाइरहेका अर्जुनले आफ्नै स्वर, शब्द तथा संगीतमा सुनिता बुढा क्षेत्रीसँग ‘धुलो खाएर’बोलको सार्वजनिक गरेका छन् । ‘भैसी पालेर’कै निर्देशक प्रकाश भट्टको निर्देशनमा बनेको यसको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको अभिनय गरेका छन् ।


वालिङ १३ बलिभद्रेका अर्जनु, २०५७ सालमा ‘आधिँखोले नानी’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका हुन् । २०५८ सालमा कलिलो बैशमा, २०५९ सालमा ‘जिन्दगीको चाल’ र २०६१ मा ‘ज्यूँदै मरियो’ बोलको गीत ल्याएका उनले त्यसपछि ‘भैसी पालेर’ ल्याएका थिए । ‘लोकदोहोरी गीतलाई सुदृढिकरण अभियानमा निरन्तर संघर्ष गरेर सन्देशमूलक गीतहरु लेख्दै, गाउँदै जाने हो,’ अर्जुनले दैनिक नेपालगन्जसँग भने, ‘पश्चिमतिरका स्रोताहरुले कसरी मेरो भावनालाई बुझिदिनु हुन्छ, पत्रकार साथीहरुले प्रकाशमा ल्याइदिुन पर्यो ।’


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जामा दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहिसकेका अर्जुन अहिले प्रतिष्ठानको आजिवन सदस्य हुन् । हरेक वर्ष गीत ल्याउने योजनामा रहेका उनले लोकदोहोरीमा विकृति– विसंगति बढ्दै गएकाले त्यसविरुद्ध निरन्तर अभियान चलाउने बताए । लोकदोहोरीलाई ट्रयाकमा ल्याउँन आफ्नो तर्फबाट जति सकिन्छ गर्ने हो, उनको भनाइ छ ।


‘भैसी पालेर’ जस्त ‘धुलो खाएर’ गीतपनि समाजलाई असल सन्देश दिने खालको भएको गीतकार तथा गायक अर्जुनको बझाइ छ । सहर पसेपछि विदेशको सपना देख्ने नेपाली युवाहरु विदेश गएपछि उतै पलायन हुने बढ्दो प्रचलनलाई आफुले गीतमार्फत व्यंग प्रसार गर्न खोजेको अर्जनुले प्रष्ट पारे । गरिबी, धूलो–धुँवा, नीतिगत समस्या लगायतका समस्याबीच पनि आफ्नै धर्तीआमा प्रति कर्तव्यबोध चाहिन्छ भन्ने सन्देश उनले दिन खोजेका छन् । भैंसी पालेर’ गीतमा उनले माया पनि दूधमा पानी मिसाएजस्तो भयो, चोखो भएन भन्ने आशय व्यक्त गर्दै ब्यङ्ग्य गर्न खोजेका थिए ।


आफ्नै मौलिकतामा रहेर हरेक वर्ष एउटा गीत ल्याउने योजनामा रहेका अर्जुन एमएड अध्ययनरत छन् । अलिमिंया वाङ्मय प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लगायतबाट विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । ‘मोफसलमै बसेर यसरीनै काम गर्दै जाने हो,’ अर्जुन गैह्रेले व्यवसायिक रुपमा भन्दा सामाजिक सकारात्मक परिवर्तनलाई सघाउन आफु्ले काम गरिरहेको सन्देश दिंदै भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया