नेपालगन्ज- पश्चिम नेपालकै ठूलो सौन्दर्य प्रतियोगिता “मिस नेपालगन्ज २०१९”को तयारी तिब्र पारिएको छ। सन २०११ देखि हरेक वर्ष एक्स जेनेरेसनको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता “मिस नेपालगन्ज” यस वर्षपनि हुनेभएको छ। यस वर्षको प्रतियोगिता आगामी मंसिर महिनाको ७ गतेदेखि सुरुहुने एक्स जेनेरेसनका अध्यक्ष संयोगजंग शाहले जानकारी दिनुभयो।
गएका वर्षहरु भन्दा यस वर्षको मिस नेपालगन्ज प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नका लागि तयारी तिब्र पारिएको पनि शाहले बताउनुभयो।
शाहका अनुसार प्रतियोगिताको अडिसन मंसिर ७ गते हुनेछ। त्यस्तै, तीन हप्ताको ट्रेनिङ मंसिर ८ गतेदेखि सुरु हुनेछ भने छुटेका प्रतियोगीले मंसिर १४ गते रि-अडिसन दिन सक्नेछन।
प्रतियोगिताको मंसिर २८ गते ट्यालेन्ट राउन्ड र पुस ५ गते ग्राण्ड फिनाले हुनेछ। प्रतियोगितामा सहभागी हुनको लागि रजिस्ट्रेसन शुल्क ५ सय रहेको र ट्रेनिङ शुल्क १५ हजार रहेको पनि शाहले जानकारी दिनुभयो।
आयोजकका अनुसार “मिस नेपालगन्ज २०१९”को विजेताले सङ्गस नेपालको तर्फबाट एउटा म्युजिक भिडियो र फ्लाइटेक इन्टरनेशनलको तर्फबाट निशुक्ल एयर होस्टेसको ट्रेनिङ लिन पाउनेछन।
त्यस्तै आयोजक एक्स जेनेरेसनले मिस नेपालगन्ज संगै लिटिलन्मिस भेरीको पनि आयोजना गर्ने भएको छ । उहीँ भेनु र तालिकामा आयोजना गर्ने लिटिल मिस भेरिको रजिस्ट्रेसन शुल्क ५ सय रहेको र ट्रेनिङ शुल्क १० हजार रहेको आयोजक एक्स जेनेरेसनका अध्यक्ष शाहले बताए ।