मणि अर्याल
हुस्न तबस्सुम ‘निहाँ’ भारतीय हिन्दी साहित्यमा कलम चलाउने लेखिका र उपन्यासकार हुन् । बाङमयका विभिन्न विधामा साहित्य एक महत्वपूर्ण विधा हो । साहित्यलाई भाषाको एउटा अति नै कोमल प्रस्तुतिको रुपमा पनि लिइन्छ । साहित्यलाई संस्कृतिको एक कदम नजिकको सम्बन्ध राख्ने साथीको रुपमा लिने गरिन्छ ।
भारती हिन्दी भाषा साहित्यको समग्र साहित्यलाई पद्य र गद्य साहित्यमा पनि विभाजन गरिएको पाइन्छ । पद्य अन्तर्गत कविता, गीत, गजल, मुक्तक, चतुष्पदी, चौपाई, दोहा, खण्डकाव्य, काव्य, महाकाव्यलाई राखिन्छ तथा गद्य अन्तर्गत कथा, उपन्यास, नाटक, निबन्ध, लेख र समालोचनालाई राखिएको पाइन्छ । भारती हिन्दी भाषा साहित्यको एक महत्वपूर्ण साहित्यिक र कोमल विधा कवितालाई पनि पद्यकविता र गद्य कविता भनेर विभाजन गरिएको पाइन्छ ।
लेखिका हुस्न तबस्सुम ‘निहाँ’ एक लेखिका हुन् । जसको जन्म भारतको उत्तर प्रदेश राज्यको बहराईच जिल्लाको नानपारा नगरको रानीबाग टोलमा जनवरी महिनाको आठ तारिखमा भएको पाइन्छ । उनको हालको बसाई बहराईच जिल्लाको नानपारा नगर हो । यस सामिक्ष लेखमा समीक्षा गर्न लागिएको लेखिकाको उपन्यास “फिरोजी आँधीयाँ” हो र यो उपन्यास भर्खरै मात्र विमोचन भएको छ । लेखिका हुस्न तबस्सुम ‘निहाँ’ को यो पहिलो र एकमात्र उपन्यास हो । औपन्यासिक दृष्टिकोणले श्रृजनात्मक भन्दा तथ्यगत विवरणको आधारमा लेखिएको यो उपन्यास काव्यिकता कम भेटिन्छ । उनलाई नेपाल र नेपाली प्रति ठूलो मोह रहेको देखिन्छ र त उनले नेपाल र नेपालीको जीवनमा आधारित यो उपन्यास “फिरोजी आँधियाँ” लेखिन् र नेपालमै आएर विमोचन पनि गराइन । वि.सं. २०७५ भदौ १ गते नेपालगन्जमा आयोजित एक सांस्कृतिक कार्यक्रम अवधी महोत्सवमा यो पुस्तक विमोचन भएको थियो । यो पुस्तक माओवादी विद्रोहको बेला नरैनापुर गाउँमा जनता, राज्य पक्ष र विद्रोही पक्षद्वारा कसरी सताइएका थिए यो कुरा उपन्यास पढेपछि थाह पाउन सकिन्छ ।
लेखिका हुस्न तबस्सुम ‘निहाँ’ को उपन्यास “फिरोजी आँधियाँ” नेपालको बाँके जिल्लाको राप्ती पारिको एक पिछडिएको र विकट गाउँ नरैनापुरको परिवेशमा आधारित छ । यो नरैनापुर गाउँ नेपाल र भारत दुबैतिर पर्ने अति पिछडिएको र गरीब गाउँ हो । गरीबी, अशिक्षा र अन्धविश्वासका कारण नै यो नरै्रनापुर गाउँ क्षेत्र वरपर माओवादी विद्रोह शुरु हुन्छ । यो उपन्यास “फिरोजी आँधियाँ” ललित र मधुश्रीको प्रेमकथामा आधारित उपन्यास हो । ललित नरैनापुर गाउँमै जन्मिएको विद्रोही युवक हो र गाउँको विद्यालयमा तथा गाविसहरुमा हुने गरेको भ्रष्टाचार देखेर सहन नसकी माओवादी विद्रोहमा आवद्ध हुन्छ र पछि गएर शहीद पनि हुन्छ । मधुश्री चाहिँ भारत उत्तरप्रदेशको ईलाहाबाद जिल्लामा जन्मिएकी युवती हो, जसको विवाह नेपालगन्जको एक व्वयापारिक परिवारमा हुन्छ ।
माओवादी विद्रोहका कारणले लाग्नेको मृत्यु भएपछि ऊ विधाुवा हुन्छे । अर्को विवाह नगरेकी मधुश्री पछि नरैनपुरकै एक स्कुलमा शिक्षिका भएर पढाउन थाल्छे । तर त्यहाँका विद्यालयहरुको व्यथीति देखेर दुखी हुन्छिन । विद्यालयमा पढ्ने बालबालिकाको सङ्ख्या एकदमै न्यून हुन्छ । विद्यालयकालागि आउने पैसा गाविस र स्कुलका पदाधिकारी मिलेर हिनामिना पार्छन्, खाई दिन्छन् । अनि त्यसको हिसाब माग्ने ललित जस्तो विद्रोही यूवाहरुलाई दमन गरिन्छ र त्यसमा सुरक्षाकर्मीको उत्तिकै सहयोग लिएको पाइन्छ । त्यस्तै समय र परिस्थितिबाट चलिरहन्छ । एक दिन नरैनापुर गाउँका । अध्यक्ष जस्ता व्यक्तिहरुको हत्या पनि हुन्छ । त्यसपछि नरैनापुर मा डरैडरको स्थिति उत्पन्न हुन्छ । सुरक्षाकर्मीहरुले नरैनापुरका युवाहरुलाई समात्ने, थुन्ने र यातना दिने तथा हत्या गर्ने बेपत्ता पार्ने अभियाननै थाल्छन र उनीहरुले निर्दोषि र दोषी भन्ने कुरा ख्याल गर्दैनन् । सरकारले त्यस ठाउँको केही व्यक्तिलाई हतियार वितरण गर्छ हतियार पाएकोमा उनीहरु मक्ख छन् । प्रशासन पनि उनीहरुदेखि एकदमै खुशीछ । माओवादीमा लागेका युवाहरुको ज्यान खतरामा पर्दै गएको देखिन्छ तै पनि उनीहरु आप्mनो अभियानमा सक्रिय हुन्छन् । कैयौं दिन भोकै रहेर तथा कैयौं दिन घनाजङ्गलमा बसेर उनीहरु आत्तिइएका छैनन् । उनीहरुले आफ्नो पार्टीका जनसेना र कार्यकर्ता थप्न निरन्तर प्रयासरत छन् र सभाहरु गरिरहेका छन् ।
माओवादीहरुको यस्तो सक्रियता देखेर सुरक्षाकर्मीहरुले झन अति गर्न थाल्छन् र त्यो अत्याचार सहन नसकेर कतिपय युवाहरु राजधानी काठमाडौं तिर लाग्छन् र कतिपय युवाहरु भारततिर पनि लाग्छन् । यसरी माओवादी विद्रोहको सक्रियता र सुरक्षाकर्मीहरुको अत्याचारलाई एकै गतिमा चलिरहेको कुरा यो उपन्यासमा देखाइएको छ । माओवादीको एक मुख्य कार्यकर्ता र विद्रोही युवक ललितको शहादत सँगै यो उपन्यास टुङ्गिन्छ ।
“फिरोजी आँधियाँ” नामक यो उपन्यासमा लेखिका हुस्न तबस्सुम ‘निहाँ’ ले सम्वादहरु अवधी भाषा र त्रुटियुक्त नेपाली राखेकी छिन् । अवधी भाषाको यो उपन्यासमा लेखिकाले राखेको अवधी सम्वादभित्रका अवधी भाषा बाँके, बर्दिया तथा बहराइचतिरको होइन । इलाहाबाद वा लखनऊ तिरको हो कि जस्तो लाग्छ । संक्षिप्त रुपमा राखिएको नेपाली सम्वादमा पनि थुप्रै त्रुटिहरु रहेका छन् । अवधी भाषामा लेखिएको यो उपन्यासको मुख्य भाषा अवधी पनि परिष्कृत छैन । थुप्रै व्याकरणीय र टङ्कनीय त्रुटिहरु रहेका छन् । तैपनि समग्रमा यो उपन्यास राम्रो रहेको छ । यसका केही कारणहरु यस्ता छन् ः
क. यो नेपालको बारेमा लेखिएको उपन्यास हो ।
ख. यो गरीबी र माओवादी जनयुद्धमा आधारित उपन्यास हो ।
ग. यो ललित (नेपाली) र मधुश्री (भारतीय) को प्रेमकथामा आधारित उपन्यास हो ।
घ. नेपाललाई भारतसँगै जोडेर देखाउने उपन्यास हो ।
ङ. मधेश आन्दोलनलाई पनि झलक दिने उपन्यास हो ।
च. अवधी र नेपाली भाषालाई प्रमुखता दिने उपन्यास हो ।
“फिरोजी आँधियाँ” जस्तो उपन्यास लेख्ने लेखिका हुस्न तबस्सुम ‘निहाँ’ को यो उपन्यास पठनीय छ । उनको यो उपन्यासको बारेमा समीक्षा र समालोचना लेख्नु पनि उनको सम्मान गर्नु नै हो । यही र यस्तै सुखद् आशाहरु गर्न सकिन्छ ।