पुस्तक प्रदर्शनी देखि सास्कृतिक उत्सव चलिरहेको शैक्षिक महोत्सवमा साहित्यिक गतिविधिहरुले भव्यता दिइरहेको छ । त्यसक्रममा आइतबार महोत्सव स्थलमा भव्य बहुभाषिक कवि गोष्ठीको आयोजना गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केले आयोजना गरेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ को चौथो दिन आइतबार बहुभाषिक कवि गोष्ठी गरिएको हो ।
विभिन्न कृति विमोचन समेत गरिएको कार्यक्रममा वरिष्ठ उर्दु शायर अब्दुल लतिफ शौक देखि अवधीका वरिष्ठ साहित्यकार सच्चिदानन्द चौबेले आफ्ना रचना वाचन गरे । उर्दु स्रष्टा फरिन शैय्यदको गजल गुञ्जिएको बहुभाषिक कवि गोष्ठीमा महेन्द्र सेढाईको गीत देखि हरिमाया भेटवालको सशक्त कविता वाचन भयो । कार्यक्रममा अवसरमा साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलको पहिलो मुक्तक संग्रह ‘लेकबेसीका आशुहरु’ प्रमुख अतिथि सनत रेग्मीले विमोचन गरे ।
कवि हरिप्रसाद तिमिल्सेना, अमर शाह, शिशिर सापकोटा, पुष्पमणि प्रधान, रामचन्द्र आचार्य, भोजराज ढकाल, भोजराज शर्मा नादिर, सुन्दर गुरुङ्ग, विराङ्गना योगी, कविता तिमिल्सिना, रामचन्द्र आचार्य, विपी अस्तु लगायतले रचना वाचन गरेका थिए ।
महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय स्रष्टादेखि राष्ट्रिय स्तरका व्यक्तित्वहरुले सहभागिता जनाएका थिए । महोत्सवमा आज सोमबार कविता प्रतियोगिता र भोलि मंगलबार विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक ऋषिराम सापकोटाले जानकारी दिए ।