भेरी साहित्य समाज पनि संघीय संरचनामा

अञ्चल संरचनामा रहेको भेरी साहित्य समाजले संघीय संरचनामा संगठन बिस्तार गर्ने भएको छ । समाजको मंगलबार आयोजित पाचौ अधिवेशनले संगठनलाई देशव्यापी लैजान सक्ने सम्भावना खोल्दै संघीय संरचनामा लैजाने निर्णय गरेको हो ।

 
‘त्यसका लागि विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ’, विधान संशोधन उपसमितिका संयोजक इन्द्र बहादुर बस्नेतले भने । यसअघि भेरी अञ्चलका पाच जिल्लालाई कार्यक्षेत्रका रुपमा राखेर क्रियाशिल समाजले ‘आवश्यकता अनुसार जिल्ला–जिल्लामा जिल्ला समिति र स्थानीय तहमा शाखा, उपशाखा र प्रादेशिक समितिहरु गठन गर्न सक्ने व्यवस्था मिलाएको’ बस्नेतले जानकारी दिए ।

 
त्यसलगत्तै भएको निर्वाचन प्रक्रियाबाट हरि प्रसाद तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । भेरी साहित्य समाजको केन्द्रीय समिति उपाध्यक्षमा महेन्द्र वाग्ले, महासचिव मणि अर्याल, सचिव फणिन्द्र आचार्य र कोषाध्यक्षमा भरत बहादुर रानाभाट निर्वाचित भएका छन् ।

 
सदस्यहरुमा झलकजी विकल्प, पंकज श्रेष्ठ, इन्द्र बस्नेत, पुष्पमणि प्रधान, मो. मुस्तफा अहसन कुरेसी, लेक प्रसाद प्याकुरेल, फुलमति खराल निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा सशिराम कार्की, चरित्रा शाह, लता शर्मा, जगत तिमिल्सिना, जागेश्वर नेपाल, खड्ग बहादुर बोहरा, नवराज भट्ट, पवन जायसवाल र बालकृष्ण शर्मा रहेका छन् ।

 
त्यसअघि औपचारिक कार्यक्रम बीच पूर्णलाल चुके, प्राध्यापक भागवत प्रसाद शर्मा लगायतका स्रष्टाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट शाखाका रुपमा सुर्खेतलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया