-कुमार चौधरी
गुरही (गुरीया) पर्व श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नाग पञ्चमीको दिनमा मनाइने गरिन्छ । थारु समुदायको जेठो पर्व गुरही हो ।
यो पर्वलाइ कसैले गुरही कसैले गुरिया भन्ने गर्छन । गुरही किराको नाम हो, जसलाइ नेपालीमा गाइने किरा भनिन्छ । गाइने किरालाइ अशुभ, दुश्मनको रुपमा मन्ने गर्छन ।
गुरहीको दिन तेलमा तारेको खुरमा, बरया, रोटी, घुघरी( तेलमा तारेको गेडागुडी ) खाने चलन छ ।
केटिहरु, महिलाहरु चिरकुत (रंगीचंगी कपडा) बाट पुतला बनाउछन, जसलाइ हिन्दी भाषामा गुडिया भनिन्छ । गुडियाबाट थारु भाषामा गुरिया भएको हो ।
गाउँभरिका एकै ठाँउमा यो पर्व मनाउने गरिन्छ । गुरियाको रौनक बेलुकी पख देखिन्छ । केटीहरु र केटाहरु आफ्नो परमपरागत पोसाकमा सजिएका हुन्छन । केटिहरुले गुरिया संगै घुघरी लिएर गाउँ भन्दा बाहिर अथवा बिच चौरहामा जाने गर्छन । गाउँभरिएका केटीहरुले गुरियाको पुजा गरेर गुरिया फल्ने र केटाहरु लठ्ठी अथवा स्वठाले गुरियालाइ पिट्ने गर्छन । गुरियालाइ पिट्ने बेला दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने गर्दछन । केटीले लिएर गएको घुघरी ( केराउ, चना, मटरा तेलमा तारेको ) केटाहरुलाइ बाड्ने गर्छन ।
परमपरा जे सुकै भए पनि गुरिया परमपरा हराइसकेको भन्छन, बढैया ताल-५ का कमल प्रसद थारु । उनका अनुसार पहिले पहिले गाउँ भरिका बच्चा देखि वृद्ध सम्म मनाउने गर्थे । गाउँभरिन नै एक किसिमको रौनक हुन्थ्यो । ठूलो मेलाको आयोजना गर्थे । अहिले केटाकेटीहरु थोरै मात्र मनाएको देखिए । जमाना बद्लिएको छ, अहिले परम्परागत सस्कृती झल्किने लेहंग, चोली, धोती, गहना कम मात्रमा लगाएको देखियो ।
पुर्खौ देखि चलिआएको चलन बिर्सनु भनेको आफ्नो पहिचान बिर्सनु हो, यसलाइ बचाउन नयाँ पुस्ताले जांगर चलाउनु
पर्छ । आफ्नो सस्कृती बचाउन निरन्तर पर्व मनाउनु पर्छ भन्ने थारुको भनाइ छ ।
पर्छ । आफ्नो सस्कृती बचाउन निरन्तर पर्व मनाउनु पर्छ भन्ने थारुको भनाइ छ ।


