मिस नेपाल २०१७ का लागि नेपालका विभिन्न शहरमा छनोट सम्पन्न भएको छ ।
नेपालगन्जमा मिस नेपालको लागि छनोट टोली आर्इेतवार आई पुगेको थियो । हिडेन ट्रेजर प्रालिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले देशका विभिन्न शहरबाट मिस नेपालको तयारीका लागि छनोट प्रक्रिया अगाडी बढाएको जानकारी गराउदै आज नेपालगन्जमा अडिसन गरिएको हो ।
मिस नेपालका लागि नेपालको धनगढी, चितवन, ब’टवल, पोखरा विराटनगर, र धरान लगायतका शहरमा छनोट प्रक्रिया गरिएको छ । फाइनल प्रतिशपर्धिबाट छनौट भएका प्रतियोगि मिस नेपाल २०१७ मा लड्ने छन् ।
मिस नेपालका लागि नेपालगन्जमा नेपालगन्ज जेसिजले संयोजन गरेको थियो । नेपालगन्जमा छनोट पश्चात मिस नेपालका लागि काठमाण्डौंमा जेठ मा मिस नेपालको छनोट हुने आयोजकले जनाएको छ ।