विहीवार विहान नेपालगन्जका विभिन्न ठाउँको अवस्था यस्तो छ । लकडाउन छ भन्ने कुनै छनक देखिन्न ।
साँझ ४ बजेपछि भने लकडाउन मात्रै नभई कर्फु आभाष हुने गरेको छ । सडकमा खटिएका सेना र प्रहरीले कडाई गर्छन् । बुधबार मात्रै लकडाउन उल्लंघन गरेको भन्दै समूहमा हिडेका ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले सम्झाएर छाडेको थियो । त्यस्तै २१ वटा मोटरसाइकल र स्कुटरको चाबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
स्थानीय प्रशासनको ४ बजेपछिको कडाइले पनि जनतालाई लकडाउनबारे भ्रम उत्पन्न गरेको छ की, लकडाउन भनेको ४ बजेपछिमात्र हो । यो अवस्था अन्त गर्न नियमित अनुगमन, सचेतना र प्रशासनिक कडाइलाई बढाइनु आवश्यक देखिन्छ । सामाजिक दुरी कायम गरि विकास निर्माण तथा उत्पादनका काममा आवश्यक विधि व्यवस्थापन आवश्यक देखिएको छ ।











