श्रीराम कथा ज्ञानयज्ञ सुरु


मेनका चौधरी
बर्दियाको बार बर्दिया नगरपालिका वडा नं. ३ मा श्रीराम कथा ज्ञानयज्ञ सुरु भएको छ । बारबर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुले उद्घाटन गरेको कथा ज्ञानयज्ञमा विभिन्न धार्मिक कार्यक्रमहरु हुँदैछ ।

दिव्य ज्योति जागृरिति सस्था, बारबर्दिया ३ बर्दियाको आयोजनामा सत दिवसीय श्रीराम कथा सुरु भएको हो । यो एउटा धार्मिक कार्यक्रम हो । हाम्रो धर्म सस्कृति संरक्षण सम्र्वद्धनको गर्ने उदेश्यले सात दिवसीय श्रीराम कथा ज्ञानयज्ञ कार्यक्रम संचालन गरिएको आशुतोष महाराज जी की शिष्य जितेशस्वारी भारती जानकारी दिनु भएको छ ।

श्रीराम कथा ज्ञानयज्ञ कथा बाचन कथा व्यास साध्वी सुश्री रुपेश्री भारती जी को मुखार बिन्दुबाह सुन्न सकिने छ ।माघ १५देखी सुरू श्रीराम कथा ज्ञानयज्ञ २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो दिन कल्शयात्रा गरिएको छ ।

कलशयात्रा बारबर्दिया नगरपालिका वडा न ३ बेलावबज्जा कार्यक्रम स्थलबाट सुरु भएर जयनगर बजार, धामपुर हुदै विभिन्न ठाउँको परिक्रामा गरेर कार्यक्रम स्थालन पुगेर नरिवाल पुटाएर कार्यक्रम सुरुवात गरिएको छ । साझ ६ बजे कथा प्रारम्भ हुने र साढे ९ बजे आरति सगै कथा समापन हुने छ । त्यसै गरी २२ गते सम्मे प्रत्येक दिन श्रीराम कथा अवधिभर फरक फरक प्रसंगमा कथा बाचन हुने छ ।

पहिलो दिन श्रीरामको बाललिला, जन्मोत्सम, होलीउत्सव, भगवान शिवजीको विवाह, सिता स्वायमवर लगायत अनेकन संसकारले भरीको कथा प्रवचन रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया