पृथ्वी जयन्तीमा नेपाल शिवसेनाको मोटरसाइकल र्यालीको रुट तय

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बाँकेको नेपालगन्जमा जन्मजयन्ती सभा तथा मोटरसाइकल र्याली हुने सबै तयारी भैसकेको नेपाल शिवसेना सचिवालयले जनाएका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा शान्तिपूर्ण मोटरसाइकल र्याली बागेश्वरी पार्क हुदै बसपार्क , बाईपास कारकादो चोक , धम्बोजी चोक , घरबारी टोल हुदै त्रिभुवनचोक, फुल्टेक्रा राप्तीरोड , हडियाबाँबा मन्दिरबाट यातायात कार्यलय रामलिला हुदै चारबाहिनि चोक , गणेशमान चोक, बिबिचोक हुदै त्रिभुवनचोकमा पुगेर जन्मजयन्ती सभामा परिणत हुने सचिवालयले जनाएका छन् ।

नेपाल शिवसेनाले विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्ती तथा एकता दिवसको पुस २७ गते शुक्रबार १ बजे कार्यक्रममा सामाजिक तथा धार्मिक संघसंस्थाको ऐक्यबद्धता रहेको र पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुन सम्पूर्ण जिल्लावासीमा अपिलसमेत गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया