कोरोनाः थप एकको गयो ज्यान

नेपालगन्जमा थप एक जना संक्रमितको ज्यान गएको छ । संक्रमितको कारागारमा रहेका एक कैदीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज निधन भएको हो । सुर्खेत गुर्भाकोट नगरपालिकाका ५८ वर्षीय उनी कोरोना भाइरस संक्रमणबाट थलिएर भेरीमा उपचार गराइरहेका थिए ।
ज्यानमार्ने उद्योगमा जिल्ला कारागार सुर्खेतमा सजाय भुक्तानी गरिरहे कैदीबन्दी उनलाई उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो । बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, सोमवार बिहानको उनको मृत्यु भएको हो । (हेर्नुस् विवरण)

प्रतिक्रिया

प्रतिक्रिया