बाँकेमा कोरोनाः आज ६० जना निको भएर घर

शुक्रवार ६० जना संक्रमित निको भएर घर गएका छन् । जिल्लाका विभिन्न आइसोलेसनबाट १९ महिला सहित ६० जना निको भएका हुन् । विहीवारमात्रै ४४ जना डिस्चार्ज भएका थिए । योसंगै बाँके जिल्लामा कूल कोरोना संक्रमित एक हजार पाँच सय ४६ मध्ये एक हजार एक सय ९२ डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा ३ सय ४५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । (हेर्नुस् विवरण)


हिजोमात्रै नेपालगन्ज १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार अपरान्ह मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार, स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई २९ भदौँमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । कोरोना आशंकामा स्वाब संकलन गरिएकामा ३१ भदौँमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
मेडिकल कलेजमा उपचार सम्भव नभएपछि उनलाई बुधबार भेरी अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटर सहितको उपचारका क्रममा ति पुरुषको मृत्यु भएको भेरी अस्पतालमा स्थापना गरिएको कोरोना विशेष अस्पतालका ब्यवस्थापक डा. श्यामसुन्दर यादवले बताए । उनको दुबै फोक्सोमा निमोनिया भएको डा. यादवले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया