बाँकेमा बुधबार थप १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ५ जना महिलासहित १० जना डिस्चार्ज भएको जानकारी दिए । मंगलबार ४३ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए भने संक्रमित भइ उपचार गराइरहेका ४२ जना भने निको भएका घर फर्किए ।
यो सङ्गै बाँकेमा ४ सय १६ जना सक्रिय संक्रमित पुगेका छन् । कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८८ जना कोरोना मुक्त भइ डिस्चार्ज भइसकेका छन् । ४ सय १६ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।