बाँकेमा ३४ थपिंदा मुलुकभर १०८१ संक्रमित थप

पछिल्लो २४ घण्टामा बाँकेका ३४ सहित भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार देशभर कोरोनाका १ हजार ८१ संक्रमित थपिएका छन् ।
उच्च अदालतका १२ र मुक्ति विकास बैंक बाँकेका १ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । यस्तै बर्दियाका ८ र कैलालीका १ उदयपुर हेल्थपोष्टका २ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले सार्वजनिक गरेको नतीजामा उल्लेख छ । भेरी अस्पतालका अनुसार, ७ सय ३७ जनामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना देखिएको छ । (हेर्नुस् सूची)


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिए । योसहित कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ ।
हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया