नेपालबाट भारततर्फ केराउ तस्करी हुने गरेको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले अवैध केराउ सहित तीन जनालाई पक्राउ गरेपछि उनीहरुसँगको कुराका आधारमा उक्त कुरा खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँके र प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले मंगलवार दिउँसो केराउको तस्करी भइरहँदा तीन जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार, अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ३७५ किलाग्राम केराउ र ६ थान साइकल बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार, प्रहरीले पक्राउ गर्ने थाह पाएका अरु भाग्न सफल भएका हुन् । यसअघि पनि सीमाक्षेत्रबाट अवैध रुपमा तस्करी भइरहेको थाह पाएपछि बाँके प्रहरी सक्रिय भएको थियो ।