नेपालगन्ज: कहाँ गयो चार करोड ?

हिमाल गैरे

विश्व महाव्याधी रुप लिएको कोभिड–१९ (कोरोना) भाइरस विरुद्ध लड्न नेपालगन्ज उपमहानगरपालिकाले मात्रै ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपियाँ ५० पैसा रकम खर्च गरेको छ । शुक्रवार पत्रकारबीच उपमहानगरपालिका नगर उपप्रमुख उमा थापामगरले कोरोना कालको खर्च सार्वजनिक गरेकी हुन् ।
नेपालगन्ज उप महानगरपालिकाले विभिन्न शिर्षकमा १ करोड ५२ लाख १३ हजार ५ सय २० रुपियाँ ५० पैसा खर्च गरेको छ भने नेपालगन्जका २३ वडाले राहत वितरणमा मात्रै २ करोड ५५ लाख ३४ हजार २ सय ५० रकम खर्च गरेका छन् । यो पछिल्लो ६ महिनाको रकम हो, उपप्रमुख थापाले दैनिक नेपालगन्जसम्ग भनिन् ।
खर्चिएको रकम मध्येमा सबैभन्दा बढी अर्थात ३७ प्रतिशत रकम क्वारेन्टाइन तथा आइसोलेशन सञ्चालनका निम्ति खर्च गरेको छ । जुन ५६ लाख ७७ हजार १ सय ६२ रुपियाँ १० पैसा हो । त्यसका साथै कुल रकमको २० प्रतिशत रकम विभिन्न स्वास्थ्य सामाग्री खरिद खर्च गरेको पाइएको छ । स्वास्थ्य सामाग्री खरिदमा मात्रै उपमहानगरपालिकाले ३० लाख ९३ हजार ६ सय ७२ खर्चिएको हो ।
सार्वजनिक गरिएको विवरण अनुसार, माथि उल्लेखित बाहेक १२ लाख ५० हजार रुपियाँ जिल्ला विपद् व्यवस्थापन कोषलाई सहयोग गरेको छ । जसले ८ प्रतिशत ओगटेको छ । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले ७६ हजार २ सय ७४ अर्थात १ प्रतिशत रकम विविध शिर्षकमा खर्चिएको छ ।
तर सबैको चासो रहेको सधैं विवादित बन्ने राहत वितरणमा उपमहानगरपालिकाले ३४ प्रतिशत रकम राहत वितरणमा खर्च गरिएको छ । जुन ५१ लाख १६ हजार ४ सय १२ रुपियाँ ४० पैसा रहेको छ ।
सो मात्रै नभई नेपालगन्जमा रहेका सम्पुर्ण वडाले समेत राहत वितरणमा उल्लेख्य रकम खर्च गरेको पाइएको छ । राहत वितरण कै नाममा २३ वटै वडाले २ करोड ५५ लाख ३४ हजार २ सय ५० खर्च गरेका छन् । जस मध्ये सबैभन्दा बढी वडा नम्बर ४ ले १ हजार ६ सय ३९ जनालाई २८ लाख ६८ हजार २ सय ५० रुपियाको राहत वितरण गरेको छ ।
त्यसैगरी २० नम्बर वडाको कार्यालयले १ हजार ३ सय १७ जनालाई राहत वितरण गर्न २३ लाख ४ हजार ७ सय ५० रुपियाँ खर्चिएको छ भने वडा नम्बर १९ ले ९ सय ७५ जनालाई १७ लाख ६ हजार २ सय ५० वितरण गरेको छ ।
४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपियाँ ५० पैसा रकम खर्च गर्नका निम्ति संघ, प्रदेश, स्थानीय तह, विभिन्न व्यवसायिक फर्मबाट १ करोड ७१ लाख ५१ हजार ७४ रुपियाँ प्राप्त गरेका थिए । जुन रकममा संघ संस्था, बैंक, वित्तिय संस्था, विभिन्न व्यक्तित्व तथा कर्मचारीहरुबाट समेत सहयोग प्राप्त भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा कार्यालयहरुले राहत वितरणमा भएको खर्च विवरणः
वडा नम्बर संख्या (जना) रकम (ने.रु.)
१ २४८ ४,३४,०००।००
२ ८७४ १५,२९,५००।००
३ ४०० ७,००,०००।००
४ १६३९ २८,६८,२५०।००
५ ३६८ ६,४४,०००।००
६ २६५ ४,६३,७५०।००
७ ४५० ७,८७,५००।००
८ ४७४ ८,२९,५००।००
९ ५०० ८,७५,०००।००
१० ३१२ ५,४६,०००।००
११ ६०० १०,५०,०००।००
१२ ६५५ ११,४६,२५०।००
१३ ४०० ७,००,०००।००
१४ ९०० १५,७५,०००।००
१५ ४०० ७,००,०००।००
१६ ९९० १७,३२,५००।००
१७ ६८५ ११,९८,७५०।००
१८ ६९२ १२,११,०००।००
१९ ९७५ १७,०६,२५०।००
२० १३१७ २३,०४,७५०।००
२१ ६८५ ११,९८,७५०।००
२२ ७०० १२,२५,०००।००
२३ ६२ १,०८,५००।००
जम्मा १४५९१ २,५५,३४,२५०।००
(श्रोत: ने.ग.उ.म.न.पा)


राहतमा मात्रै ३ करोडः
नेपालगन्ज उपमहानगरपालिका राहत वितरणका लागि मात्रै ३ करोड ६ लाख ६ सय ६२ रुपियाँ ४० पैसा खर्चिएको तथ्य सार्वजनिक गरेको छ । कतिपय वडास्तरमा राहत वितरण प्रक्रिया विवादित बन्न पुगेपनि त्यसको सोधखोज गरिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिकाले ४ हजार २ सय ९६ जना भाडामा बसेका व्यक्तिहरुलाई ५१ लाख १६ हजार ४ सय १२ रुपियाँ ४० पैसाको प्रदान गरिएको राहत विवरण गरेको थियो ।
त्यसैगरी उपमहानगरपालिकामा रहेका सबै २३ वडाले पनि गर्नका निम्ती २ करोड ५५ लाख ३४ हजार २ सय ५० रुपियाको राहत वितरण गरेका थिए । यद्यपी राहत वितरण कार्यक्रम पारदर्शी नभएको र पहुँचवालाले मात्रै दोहोर्याएर राहत पाएको जनगुनासो अहिलेपनि सुन्न छुटेको छैन् ।
पत्रकार सम्मेलनमा नगरप्रमुख डा. धवल शम्शेर राणाले भेरी अस्पतालका लागि सांसद विकास कोषबाट दिइएको भनिएको रकमबारे सांसद मो. इस्तियाक राईले भ्रम फैलाइरहेको आरोप लगाए । उनले कोभिड कोषमा दिनुपर्ने रकम ढिलो गरि भेन्टिलेटरका लागि सिफारिस गरेर समस्या सिर्जना गरेको दावी गरे ।

प्रतिक्रिया

प्रतिक्रिया