महामारीमा लागुऔषधको मार

महामारी कोरोनाका कारण नेपाल भारत सीमा नाका बन्दा भैराख्दा पनि लागुऔषध ओसारपसार रोकिएको छैन् । जस्ले लागु औषध कारोबारको बलियो जरो त देखिन्छ नै कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम पनि उत्तिकै छ ।


दैनिक जसो लागुऔषधको कारोबारी पक्रिरहेको बाँके प्रहरीले दिएको जानकारी अनुसार, कोरोनासँगै शुरु भएको लकडाउनबीच मात्रै लागु औषध मुद्धामा जम्मा २४ वटा मुद्धा दर्ता भएको र सोबाट २२ स्वदेशी सहित ५ भारतिय नागरिक समेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार लकडाउनको अवधीमा पक्राउ परेका ती व्यक्तिहरुबाट ४ किलो १ सय ७४ ग्राम अफिम, ३६ ग्राम २५ मिलिग्राम ब्राउनसुगर र ३७ लिटर ७ सय मिलि लिटर कोरक्स बरामद गरेको छ ।
पछिल्लो समयमा लागुऔषधको गिरोहलाई तोड्दै गर्दा आम नागरिकले भने बन्दाबन्दीमा त यत्तिको मात्रामा पक्राउ पर्नुले सामान्य अवस्थामा यो लागुऔषधको अवस्था विकराल भएको हुनसक्ने अनुमान गरेका छन् ।
पछिल्ला दिनमा लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता उल्लेख्य रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले निरन्तरको अभियान चलाई रहेको र आफ्नो रोहबरमा समेत संक्रमण फैलिन नदिनका निम्ती सचेत रहेको बाँके प्रवक्ता एंव प्रहरी उपरीक्षक सुबास खड्काको भनाइ छ । उनले दैनिक नेपालगन्जसँग भने, “संक्रमणको डरले पछिल्लो समयमा पक्राउ परेका व्यक्तिहरुलाई व्यवस्थापन गर्न हामीलाई निकै चुनौति भएको छ । “तर हामीले पिसीआर जाँचलाई समेत निरन्तरता दिएका छौं ” प्रहरी उपरीक्षक सुवास खड्काले भने ।
यस अवधीमा जिल्ला अदालतका कानुनी प्रक्रियामा लैजाँदा समेत उच्च सर्तकताका साथ पीसिआर जाँच पछि मात्रै पेशीमा ल्याउने गरिएको बाँके जिल्ला अदालतका श्रेष्तेदार तिर्थराम भट्टले दैनिक नेपालगन्जलाई जानकारी दिएका छन् । “सबैको सहमतिका आधारमा अदालतको सबै काम सुचारु गरिएको छ तर अदालती प्रक्रियामा आउँदा हामीले पिसीआरको रिर्पोट सहित आउने गरेको छ”–उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया