जोरविजोरः एकै दिन ६६ हजार जरिवाना

दुरूपयाेग: शनिवार व्यतिगत काममा न्युराेडमा सरकारी सवारी साधनकाे प्रयाेग, ट्राफिक प्रहरी माैन ।

नेपालगन्जमा नियम कानुन अवज्ञा गर्नेको होडबाजी कति छ भन्ने कुराको उदाहरण बनेको छ जोर बिजोर प्रणाली । निषेधाज्ञा फिर्ता भएपछि हुनसक्ने भिडभाडलाई नियन्त्रण गर्न लगाइएको जोर बिजोर प्रणाली पहिलो दिननै २०१ सवारी साधनले अवज्ञा गरेका छन् ।
शनिवार सञ्चालनमा आएका गाडी आज आइतबार चल्न पाउने छैनन् । जोर नम्बरले चल्न पाउने आज विजोर नम्बरका सवारी साधनलाई निषेध गरिएको छ । सवारी साधनको नम्बर प्लेटमा अन्तिममा १, ३, ५, ७, ९ उल्लेख भएका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । अवज्ञा गर्नेलाई आर्थिक सचेतनासँगै रुपमै कारबाहीको नीति प्रशासनले लिएको देखिन्छ ।

पहिलो दिननै शनिवार २०१ सवारी साधन कारबाहीमा परेका हुन् । उनीहरुबाट ६६ हजार राजस्व संकलन गरिएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए । शनिबार निषेध गरिएका जोर नम्बरका सवारी साधन नियन्त्रणमा लिएर गरिएको कारवाहीबाट ६६ हजार राजस्व संकलन भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया