बहस

विगतमा कुनै समूहवा राजनीतिक दललाई आफ्ना माग पूरा गराउनु प¥यो भने नेपालबन्दको आव्हान गर्थे, अनि माग समाधान भएपछि वा समाधान हुने आश्वासन पाएपछि बन्द फिर्ता लिन्थे । अहिलेको लकडाउनलाई पनि धेरैले त्यस्तै रुपमा बुझे । लकडाउन गरियो अब कोरोनाले कहिल्यै सताउंदैन । लकडाउनले महामारी नियन्त्रण हुने होइन । लकडाउन गरीमहामारी नियन्त्रणमा लागेको सरकार लकडाउन पछिको अवस्था व्यवस्थापनमा भने चुकेको छ । राज्यले कोरोना नियन्त्रणको लागि कार्य गर्नुका साथै लकडाउन पछि कसरी नियमितकममा फर्कने भन्ने पूर्वतयारी हुनुपथ्र्यो । तर राज्य जनतालाई घरभित्र थुनेर आफु सत्ताको जोड घटाउमा तल्लिन छ । सरकारलाई घचघचाउने भूमिकामा रहेका प्रतिपक्ष पनि कहिले आँप झर्छ र खाउँला भन्ने दाउमा देखियो । लकडाउन पछिको अवस्थालाई कसरी व्यवस्थापन गर्ने भनेर चार महिनासम्मको लकडाउनमा धेरै तयारी गर्न सकिन्थ्यो तर त्यो हुन सकेन । अहिले पनि केही जिल्ला तथा स्थानीय निकायहरुले पुनः लकडाउन÷सटडाउन÷निषेधाज्ञाको सुरुवात गरेका छन् । आशा छ अब भने विगतका गल्तिहरुबाट सिकेर काम गरिनेछ । कोरोनाबाट वच्नको लागि जनता नै स्वयम् सचेत हुनुर्पछ भने राज्यले अझै पनि कोरोना नियम्नणको लागि कम्तिमा यति काम चाहि गर्न सक्छ ।

कार्यालय सञ्चालनको मोडालिटीमा परिवर्तन

लकडाउन खुलेपछि काम विशेषले नेपालगन्जको यातायात व्यवस्था कार्यालय पुग्दा लाग्थ्यो चार महिनासम्मको लकडाउन मिथ्या मात्र थियो । लाग्थ्यो त्यहाँ केही भएकै छैन, कुनै कुराको भय नै छैन । न त भौतिक दुरी (सामाजिक दुरी भन्न रुचाउँदिन), नतकुनै सुरक्षाका उपायहरुको अवलम्वन । शनिबारे रुपैडिहा बजार भन्दा कम थिएन त्यहाँको माहोल । पेलमपेल अनि ठेलमठेल । परिणामः त्यहीका कर्मचारीमा कोरोना संक्रमण देखियो । थाहा छैन उनको सम्पर्कमा आएका व्यक्तिहरु कहाँ पुगे, कुन अवस्थामा होलान ।
पछिल्लो समयमा सरकारी अड्डाहरुनै कोरोना संक्रमणको केन्द्र बनेका छ । कारण हामीले चेत खाएनौ वासिकेनौ । केही नीजि तथा गैरसरकारी क्षेत्रले बरु कार्यालयहरु पूनः सुचारु गर्दा विभिन्न सुरक्षाका मापदण्डहरु अपनाएर मात्र कार्यालय सुचारु गर्दैछन् तर सरकारी कार्यालय सन्चालनमा आवश्यक सुरक्षा उपाय सहित कार्यसञ्चालन गर्न के कुराले अवरोध गर्यो ? अरु क्षेत्रमा सरकारले प्रत्यक्ष प्रभाव गर्न नसक्ला तर कम्तिमा सरकारी अड्डाहरुमा आवश्यक सुरक्षा उपायहरु अपनाएर भौतिक रुपमै सञ्चालन गर्न सकिन्छ । वा, सूचनाप्रविधिको प्रयोग गरेर अनलाइनबाटै पनि सरकारी सेवाहरु दिन सकिने सम्भावनाहरु पहिल्याउन सकिन्छ । उदाहरणका लागि सवारी साधानको राजस्वतिर्न कार्यालयमा धाउनु पर्ने, राजस्व तिर्न तथा भेरिफाई गर्न राजस्व कार्यालयमा भिड गर्नुको साटो डिजिटल भुक्तानीका गेटवेहरु प्रयोग गर्न सकिन्छन । राज्यको ईच्छाशक्ति हुने हो भने सानो खर्चमा थोरै समयमै यस्ता वैकल्पिक संरचना पनि तयार गर्न सकिन्छ । अनि कार्यालय आउनैपर्ने प्रायोजनका लागि एकपटकमा कार्यालयको क्षमता हेरी बढीमा यतिजना सम्म आउन मिल्ने गरी टोकन सिस्टम बनाउन सकिन्छ । राज्यले आफैले विभिन्न माध्यमवाट सामाजिक दुरी कायम गर, माक्स लगाउ, साबुनपानीले हातधोउ भनेर सिकाउँछ, त्यस्ता अभ्यासहरु सरकारी अड्डाबाट नै गर्न सकिए यस्तो विपद्को अवस्थामापनि सार्वजनिक सेवाहरुलाई निरन्तरता दिन सकिन्छ ।

संक्रमित एरियाबाट र विदेशबाट आउनेहरुको सही व्यवस्थापन

औपचारिक रुपमा अन्तर्राष्ट्रिय सीमानाका अझै बन्दछन् । तर भारतसँगको खुला सिमानाका कारण मानिसहरु आवतजावत भने पूर्ण रुपमा रोकिएको छैन । केही स्थानमा त प्रहरीसगको मिलोमतो तथा स्थानीयहरुको सहजीकरण मानिसहरुहरु भारतबाट नेपाल प्रवेश गरेका समाचारहरु पनि आएका छन् । लकडाउनको अन्त्यसंगै धेरै स्थानीय निकायहरुले सञ्चालन गरेका क्वारेन्टाईन बन्द गर्ने निर्णय गरे । भारत तथा तेस्रो देशबाट आउने नेपाली नागरिकहरुलाई घरमै क्वारेन्टाइमा बस्न भनियो । तर हामी सबैलाई थाहा छ, हामी कति अनुशासित छौं भन्ने । बाहिरवाट आएका सबैले कोरोना भाईरस बोकेर आउछन् भन्न खोजिएको होइन तर कोरोना छ/छैन निक्र्योल गरेर मात्र समुदायमा घुलमुल हुनुपर्ने थियो, त्यसोहुन सकेन । भएका क्वारेन्टाइनहरु पनियातना गृह जस्ता भए जसका कारण मानिसहरु लुकिछिपी घरमै बस्न थाले, कतिपयले याताना सहननसकी आत्महत्या गर्न समेत बाध्य हुनुप¥यो । कम्तिमा आफ्नो र परिवारको सुरक्षाको लागितपाई क्वारेन्टाईनमा बस्नुस्, तपाईको सुरक्षा हामी गर्छौं भन्नु सक्नुपथ्र्यो त्यो गरिएन ।

कतिपय स्थानमा र क्वारेन्टाइनमा बस्नेहरुलाई अपराधिकै रुपमा हेरियो । अझैपनि समय छ, शंकास्पद संक्रमितलाई सुरक्षित क्वारेन्टाईन र आईसोलेसनमा राखौं । विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमाप्रयोग गर्ने होईन, सरकारी कार्यालयहरु, हाकिमहरु बस्ने क्वाटर (केही समय उहाँहरु घरमै बस्दा पनि हुन्छ), सामजिक संस्थाहरु, होटल, पार्टी प्यालेसहरुमा राखौं । तिर्न सक्ने क्षमता भएकालाई केही शुल्क लिऔं, तिर्न नसक्नेलाई निःशुल्क गरौं । केही योगदान होटल व्यवसायिको पनि आग्रह गरौं, बाँकी राज्यले व्यबस्ता गरोस । यती भएपछि केही मानिस क्वारेन्टाइनमा बस्न पनि डराउँंदैनन्, होटल व्यवसाय तथा त्यहाँं काम गर्ने मजदुरलाई पनि केही राहत हुन्छ ।

परिक्षणको दायरा बढाऔं

सरकारले लकडाउनको अन्त्य गर्नुभन्दा केही अगाडि देखि पिसिआर परिक्षणलाई ह्वात्तै घटाएर संक्रमितहरुको संख्या घट्यो भनेर नाटक रच्यो । डा. भगवान कोईरालाले त परिक्षणलाई घटाएर सरकारले गम्भिर गल्ति गरेको भन्दै विज्ञ समितिको बैठक जान्नभनेर विरोध जनाए । अहिले बाहिरवाट आएर क्वारेन्टाईनमा वस्नेको संख्या घटेको छ । तर कोरोना समूदायमा फैलिईसकेको भन्नेर राज्यले जति झुट बोलेता पनि विश्वास गर्न सकिने अवस्था छैन ।

विराटनगर, विरगञ्ज, नेपालगञ्ज, काठमाण्डौ जस्ता शहरमा घरघरमा संक्रमितहरु भेटिन थालेका छन् । समयमा परिक्षण हुन नसक्दा लक्षण देखिने संक्रमितहरुले समेत समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको छ । पछिल्लो समयमा विरगञ्जमा ज्यान गुमाउने अधिकांश संक्रमित रोगले ग्रस्त भई अन्तिम अवस्थामा पिसिआर परिक्षणमा पाजोटिभ पाईएको छ भने कतिपयको मृत्युपछि मात्र संक्रमण भएको पत्ता लागेको छ । समयमै परिक्षण भएको भए सायद उनिहरुले ज्यान गुमाउनु पर्थेन ।

संक्रमितहरुको सहीव्यवस्थापन

नेपागन्ज तथा काठमाण्डौंमा कतिपय संक्रमितहरु हराए, प्रशासनको सम्पर्कमा आएनन् भन्ने समाचारहरु आए । यसको एउटा प्रमुखकारण उनीहरुलाई राख्ने अस्पताल वा आईसोलेशन सेन्टर प्रति संक्रमितहरुको हरुको विश्वास नहुनु पनि हो । विरगञ्ज जस्ता ठाउँमा अस्पतालमा बेड नै नपाएर संक्रमितहरुले ज्यान गुमाउनु प¥यो । राज्यले संक्रमितहरुलाई वर्गिकरण गरी तत्काल चिकित्सकीय आवश्यक हुनेलाई राम्रो अस्पतालमा तथा लक्षण नभएकाहरुलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा होटलहरुमा राख्ने हो भने उपचार पाउनुपर्नेले उपचारै नपाएर ज्यान गुमाउनु पर्थेन ।

साथै कोरोना संक्रमित भएर आईसोलेसनमा राख्नेलाई विना परिक्षण घरमा फिर्ता पठाईयो । यदी परिक्षण नगरेरै घरमा पठाउने हो भने आईशोलेसनमा राख्नुको कुनै औचित्य छैन । साथै कोरोना संक्रमितलाई गरिने हेला र दुव्र्यवहारका कारण हुनसक्छ जनकपुरका एक जनायुवाले त आत्महत्या नै गर्न वाध्यभए । त्यसैले कोरोनाको संक्रमण हुनु कुनै अपराध होईन भनेर वुझाउन राज्यले नै भूमिका खेल्नुपर्दछ ।

अन्त्यमा, विगतमा धेरै गल्ति ग¥यांै । हामीसँग अनुभव थिएन तर विगतवाट पाठ सिक्दै गल्ति नदोहो¥यानु वुद्धिमत्तापूर्ण काम हुन्छहुन्छ । ढिलोचाँडो देशैभर दोस्रो चरणको लकडाउन हुने सम्भावना बढ्दो छ, यो पटकको लकडाउनमा कम्तिमा अवको परिवेशमा कसरी वाँच्ने भन्नेतर्फ पर्याप्त ध्यान जानु जरुरी छ । यसो नभए परिवेश काबु बाहिर जान सक्ने सम्भावना छ ।

प्रतिक्रिया

प्रतिक्रिया