फौजीको साइकल प्रेम

पप्पुदाइ नेपालगन्ज को रैथाने, हामी नेपालगन्जिया को आफ्नै शैली छ सन्सार को जुन कुना मा भए पनि हामी हाम्रो लवज ले नेपालगन्जिया लाई चिनिहाल्छौ हाम्रो लवजमा साथि भाइ भेट्नेबित्तिकै आइहाल्छ अबे के छ रे तेरो खबर ? नेपालगन्ज लाई मनमुटुले माया गर्ने नेपालगन्जिया हो पप्पुदाइ कोहि गाह्रो अप्ठ्यारोमा परेको होस् वा असाय दिनदुखी पप्पुदाइको मन पग्लिहाल्छ ।

पप्पुदाइ अर्थात इन्द्रबहादुर थापा पेसाले सिङ्गापुर प्रहरी को जागिरे हुनुहुन्छ फौजी मान्छे भएको हुँदा छ्लकपट उहाँ जान्नुहुन्न जे देख्यो त्यो बोलिहाल्ने उहाँको स्वभाव छ फौजी मान्छे सुन्दा धेरैलाई उहाँ अलि कडा स्वभाव को हुनुहोला जस्तो लाग्न सक्छ तर यो ५ महिना को बिचको उहाँ सङ्गको साथ सङ्गत ले उहाँ लाई नजिक बाट चिन्न पाए सार्है सरल र मिलनसार ब्यक्तित्त्व पप्पुदाइ। समाजसेवा पनि उहाँको रुचि हो उहाँ साइक्लिङ्ग को सौखिन हुनुहुन्छ यो ५ महिना उहाँ सङ्गै हजारौं पाइडल सङ्ग सङ्गैमार्ने अवसर मैले र नेपालगन्ज साइक्लिङ्ग क्लब आबद्ध साथीहरू ले पाइयो आज बिहान् को साइक्लिङ्ग सङ्गै नेपालगन्ज साइक्लिङ्ग क्लबले दाइ अब आफ्नो जागीर का लागि सिङ्गापुर फर्किदै गर्दा औपचारिक रूपमा माया को चिनो सहित अब अर्को छुट्टी मा आउँदा भेट्ने गरि बिदाइ समेत गरियो तर आज सो कार्यक्रम मैले आफ्नै कारण ले मिस गरे पप्पुदाइ सङ्ग का नेपालगन्ज वरिपरि गरिएको साइकल का गतिविधि र उहाँले हामीलाई दिएको उत्प्रेरणाको सधैं हामीले सम्झना र संमान गर्नेछौं ।

तीन बर्ष पहिला पनि छुट्टी आउँदा पप्पुदाइले नेपालगन्जको सडकमा एउटा रोगी मानिस भेट्नु भो त्यो मानिसलाई सडकबाट उठाएर हस्पिटल लैजाने देखि उसको उपचारमा लागेको झन्डै ३ लाख बढी रकम समेत उहाँ आफैंले निजि रूपमा खर्च गर्नुभयो।

सिङ्गापुरमा पनि उहाँ मौका मिल्नासाथ साइक्लिङ्गमा निस्किनुहुन्छ त्यही साइकल प्रेम यसपटक नेपालगन्ज आउँदा झन झाङ्गिएर ठुलो भएको सुनाउनुहुन्छ पप्पुदाइ। पप्पु दाइले नेपालगन्ज बस्दाका अनुभव यसरी सुनाउनु भयो -नेपालगन्ज मै जन्मिएर अनि यहीँ को धुलोमाटो र हावापानी मा हुर्केको म बल्ल यस्पटक को छुट्टीमा नेपालगन्ज लाई पुरा पुरा चाहार्ने र घुम्ने मौका पाए नेपालगन्ज र यस आसपास का सबै बस्तीका टोहल्ला मोहल्ला मात्र होईन सानो सानो गल्ली मा पनि घुम्न र डुल्न पाए त्यो पनि साइकलबाट ।

हप्तामा ५ दिन साइक्लिङ्ग क्लबका साथी भाइहरु सङ्ग साइक्लिङ्ग्मा निस्कने पप्पुदाइ हप्ताको दुई दिन आफ्नै जीवन सङ्गिनी सङ्ग साइक्लिङ्ग गर्ने गरेको सुनाउनु भयो। यो अवधिमा उहाँलाई सबभन्दा आनन्द लागेको साइकल यात्रा निबुवाटार( गाइलेक) को थियो नेपालगन्जबाट मात्र २०/२५ किलोमीटर को दुरिमा लेक त्यो पनि खाटी नेपालगन्जिया भएर अहिलेसम्म नगएको ठाउँ साइकलले त्यहाँ पुर्याइदिएकोमा उहाँ दङ्ग हुनुहुन्छ ।

नेपालकै लामो पुल कोठियाघाट होस् वा कम्दिको जङ्गल मा मौवा पाकेर मगमगाउदाको बिहानी को साइक्लिङ्ग वा नेपालगन्ज , खजुरा, रिमझिम चोक, सैनिक हुँदै नेपालगन्ज फर्किदा कि यात्रा वा १५ खोला, देउराली अनि गाभरभ्याली, बाके रास्ट्रीय निकुञ्ज , ढकेरी वा नेपालगन्ज उपमहानगर ले बनाएको ल्यान्डफिल्ड साइड सम्म को यात्रा यी सबै सिनेमा हेर्दाका दृश्य झैं सदै याद आइरहने र सताइरहने छन् सिङ्गापुर बसाई भरी अलि भावुक भावमा पप्पुदाइले आफ्नो अनुभुती सुनाउनु भयो। पप्पुदाइ यसपटक नेपालगन्ज आउँदा नेपालगन्ज मा बढेको साइकल सस्कृती बाट गद्गद हुनुहुन्छ अनि साइकलेहरुको नयाँ सर्कल पाउँदा यसपटक को नेपालगन्ज बसाई निकै नै रमाइलो र उत्साह पुर्ण भएको बताउनुहुन्छ उहाँ । पप्पुदाइको सिङ्गापुर यात्रा र जागीरे जीवन सुखद बनोस् ।

प्रतिक्रिया

प्रतिक्रिया