गुणस्तरहीन पानी बेच्नेलाई दुई लाख जरिवाना

बाँकेमा शुद्ध रहेको भन्दै खरिद गरिने प्रशोधित पानी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । बाँकेमा सञ्चालित पानी उद्योगहरुले मापदण्ड पूरा नगरेको अनुगमनमा फेला परेपछि संयुक्त बजार अनुगमन समितिले जरिवाना समेत गर्दै आएको छ ।
जिल्लाको बजार अनुगमन समितिले बाँकेको एउटा पानी उद्योगलाई कारवाही गरेको छ । ‘गुणस्तरहीन पानी उत्पादन तथा बिक्रीवितरण गरेको पाइएकोले मध्यपश्चिम पानी उद्योग, बैजनाथ–५ लाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुरमा सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम तत्काल रु २ लाख जरिवाना गरिएको छ’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले जानकारी दिएको छ ।
वाणिज्य कार्यालयले पानीको गुणस्तर सुधार गरि पुनः परिक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन दिंदै गुणस्तर सुधार भएको पाइएमा मात्र उत्पादन तथा बिक्री बितरण गर्न दिइने बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया