
सत्य बोल्ने र झुटको पर्दाफास गर्ने बौद्दिक जिम्मेवारी हो –नोम चोम्स्की
अव म हरेक शुक्रवार गम्भीरखाले पाठक–अदालतमा हाजिर हुनेछु । यो स्तम्भलेखन यात्रा प्रकाशकिय स्वत्व, आग्रह, पक्षधारिता र स्वार्थमा धम्का नलागिन्जेल चलिरहनेछ । लेखकपत्रकार, अभियन्ता मौन या स्वसेन्सरशीप हुनु परेको, मिडिया उद्योगमा फेरिरहेको, गम्भीर विषय ओझल परिरहेका, ‘बुद्दिजीवी’ र सकृयतावादी एनजियो÷आइएनजीयो छातामा लोकप्रियता खेल खेलिरहेको बेला सेन्सरहीन लेखले आत्माहत्या बाटो समात्दै गर्दा मुक्त कलम सुरु गर्नु आफैँमा चुनौती हो ।
दैनिक नेपालगन्जको भविष्य उज्वल छ । अमेरिकाको एउटा छेउ अर्थात विश्वआर्थिक लाइफलाइ नन्यूयोर्कबाट छापिने न्यूर्योक्र्स टायम्स्ले विश्व सोच निर्माता बन्न सक्छ भने यस दैनिक त्यस्तै अवसर छोप्न पनि सक्छ ।कुनै समय पश्चिमको २४ जिल्लाको राजनीतिक, चेतना, आन्दोलन, शैक्षिक र आर्थिक केन्द्र नेपालगञ्ज थियो । यो विविधताले भरिएको क्षेत्र हो । कुनैदिनको नायकले आप्mनै गरिमा धान्न नसके जस्तै अहिले राष्ट्रियनजरमा नेपालगञ्ज टुहुरो छ, त्यो सधै रहीरहँदैन् ।
यस स्तम्भमा राष्ट्रिय\अन्तराष्ट्रिय विषय, वहस र विचार, दर्शन नभै पश्चिम नेपालका कथा, व्यथा, सपना र चिहानमा पुरिएका विषय मात्रै समेटिनेछन् । गम्भीर विषय विस्मृतिका गर्भमा परिएका बेला पश्चिम अध्यताको माहाखजना हो । स्तम्भ आवाज रहितको वाणीबन्ने कोशिस गर्ने छ । मेरा गुरु र न्यायाधिस पाठक मात्रै हुन् । मेरा मालिक र नाइके अरु रहेनन्् । समयको गति अग्रगमनमा हुने तर शक्ति र सत्ता यथास्थितिमै रमाउने र रक्षा गर्ने हुँदा ऊसंग त टसल हुनेछ नै । समाचार र विचारका पाठक, द्रष्टा र श्रोेता तान्ने खेलमा मिडियापनि सामेल भएकाले अल्पायुमै वास्तविक सूचनाले आत्माहत्या गर्न वाध्यछन् । ब्यक्ति र समाज सवेंदनहीना हुँदै रमिते र तमासे गएको वेला मिडियामा फर्जी वहसले ठाउँ ओगटदा जोगिनु गाह्रो छ ।
शक्तिसंग पौँठाजोरी खेल्ने पत्रकारिताजात हो । आवाजरहितको बोली र जन वकिल बनेकै कारण चौथो स्तम्भ भनियो । मिडिया चरित्र ग्रहण गरेपछि सो गरिमा धान्न सकिरहेको छैन । अहिले सवै पत्रकार । हरेकका हातमा एन्ड्रोएड मोबायल, सवैको नेट पहुँच। भाइरल चेत । गम्भीर उत्तेजक विषय छिनभरमै विश्वब्यापी । गेट किपर रहित सामाजिक सञ्जालले परम्परागत मिडियालाई ठूलै चुनौतीदिए । लुकाँउ र छिपाँउ भन्दा पनि गाह्रो । कोरना कालमा जनप्रवक्ता २ हजारभन्दा धेरै पत्रकारले देशैभरी जागिर गुमाए । हिजोसम्म सत्ता र शक्तिसंग पौँठाजोरी खेल्ने पत्रकार वेरोजगार बनेर सडकमा पछारिँदा आलोचनात्मक चेत र प्रतिरोधी आवाजको भने वहस बनेनन् ।
माहामारीले संसारमै पुराना सोच भत्काउदै नयाँ र एउटै बनायो । सूचना प्रविधिले भूगोल खुम्च्यायो । राजनीतिक सीमाकाधर्का अर्थहीन बनाउँदै मान्छेलाई विश्व नागरिक बन्न हौस्यायो । धर्म, जातिका अहंकार भत्कायो, शक्तिलाई सडकमा पछा¥यो । इश्वर, अल्लाहा, भगवान र गुरु छुटटीमा गए। मन्दिर, मस्जिद, गुरुद्धारा, चर्च र गुम्वामा ताल्चा लाग्यो । विज्ञान कार्यक्षेत्रमा खटिएको वेला प्रकृति र समाजसंग विज्ञानको भाषामा संवाद गर्नु चानचुने विषय हैन । तर मान्छे मर्नुपर्छ भन्नेकुरा मलामीबाट फर्किदै विर्सन्छ । स्वभिमान मान्छेका गहना हुन् तर अहंकारले जाक्ने त भँडखारोमै हो ।
महत्वपूर्ण घटना समयसंगै वहसहीन हुँदै गए, योजनावद्द खारेजीमा पर्दा त्यसका अर्थ, शक्ति र सन्देशले ओजन गुमाँउदै गयो । केही सतही विमर्श बनाइएतापनि नक्कली विर्मश उरालिएर पुराना रछयानमा फयाँकिए । गम्भीरखाले विर्मशले भीडलाई मान्छेमा फेथ्र्यो तर शक्तिले त्यसलाई शिकार गर्दा विमर्श नै भद्दाठठामा फेरिए । ठूला मिडियाका ठूला स्वार्थ हुन्छन्, त्यसले सत्य बोल्ने, लेख्ने, वकालत गर्ने साना स्वार्थका साना र क्षेत्रीय मिडिया हुँन् वैश्किक सोच र स्थानीय सकृयताका लागी (थिंकिङ्गग्लोवली, एक्टिङ्गलोकली) यो स्तम्भहो । चाहे विर्मश होस,मान्छे या लेखन –मर्नु कुनै ठुलाकुरा हुँदैहैन् तर नवाच्नु भनेको भयानक कुरा हो’ ।








