हरेक दिन कोरोना भाइरस संक्रमण हुनेको संख्या निरन्तर उकालो चढिरहेको छ । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । थप ४६३ जनामा कोरोना संक्रमण भएपछि संक्रमित संख्या १२,७७२ पुगेको मन्त्रालयले जनाएको हो ।








