नेपालगंजमा डेरी उद्योगका नाममा खुलेका पसलबाट डेरीले पालना गर्नु पर्ने मापदण्ड पुरा नगरि खुल्ला दुधको बिक्रि बितरण भैरहेका छन् ।
उदाहरणको रुपमा देखिएको छ नेपालगंजको मुटु बिपि चोक नजिक रहेको कान्हा डेरी एण्ड जनरल स्टोल । कान्हा डेरीका नामले संचानित उक्त पसलले गुणस्तर परिक्षण नगरिएको खुल्ला दुध बिक्रि बितरण गरिरेको छ । मठ्टा दहीका खाने नाममा धरै उपभोक्ताले गुणस्तर परिक्षण नगरिएको दुधबाट बनाईएको दहि खाईरहेका छन् । दहि बनाउदा सरसफाईमा समेत ध्यान दिईएको छैन । पक्रिका र मानिस बस्ने पिफर्मले ढाकेर राख्ने गरेको पाईएको अनुगमन गएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।
संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा नेपालगन्ज, विपि चोक स्थित “कान्हा डेरी एन्ड जनरल स्टोरमा दुग्धजन्य पदार्थको स्वच्छता मापदण्ड कायम नगरी, अव्यवस्थित रूपमा र जनस्वास्थ्यमा असर गर्ने गरि राखिएको करिब ४० लि. दहि नष्ट गरि दुग्धजन्य पदार्थको स्वच्छता कायम राख्न र प्याकेजिङ्ग नगरिएका दुग्ध जन्य पदार्थ बेचबिखन नगर्न निर्देशन दिइएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण पौड्याल बताए ।
बाँकेमा आम उपभोक्ताले पनि गुणस्तर कस्तो छ भन्ने कुराको बिचारै नगरि बाक्लो तर लाग्ने दुधको नाममा गुणस्तर नजाँचिएका खुल्ला दुध प्रयोग गर्नु अर्को बिडम्बना देखिएको छ । नेपालगंजमा कान्हा मात्रै होईन डेरी पसलका नाममा खोलिएका धेरैले सरकारले बनाएको मापदण्ड बिपरित गुणस्तरलाई ख्यालै नगरि टुपी दुधले परिचित खुल्ला दुध बिक्रि बितरण गरीरहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
बाँके जिल्लामा सिमित संख्यामा मापदण्ड पुरा गरि सम्बन्धित निकायमा दर्ता गरि दुध र दुग्धजन्य पदार्थको बिक्रि बितरण गरे पनि ठुलो संख्यामा मापदण्ड पुरा नगरि अनुज्ञापत्र नभई दुग्धजन्य पदार्थको बिक्रि बितरण भैरहेको गौतमले भने ।
पास्चुराईजेशन प्लान्ट स्थापना गरि गुणस्तर परिक्षण गरेको दुध खानु पर्छ भन्ने कुरामा उपभोक्ता सचेत नभएका कारण बजारमा गैर प्याकेजिङ्ग खुल्ला दुधको बिक्रि बितरण भै रहेको पाइएको छ ।
गुणस्तर परिक्षणका लागी नमुना संकलन
यसै गरि बजार अनुगमन टोलीले बाँकेको खजुरा र नेपालगंजका २ पानी उद्योगको गुणस्तर परिक्षणका लागी नमुना संकलन गरेको छ ।
अनुगमनका क्रममा खजुराको अमृतजल पानी उद्योग र नेपालगंजको बेलासपुर सिभिल प्रोसेस इन्डस्ष्टिज नाममा पानी उद्योगबाट उत्पादित पानीको गुणस्तर परिक्षणका लागी नमुना संकलन गरिएको अनुगमनमा संलग्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य निरिक्षक नेत्रा बागेटीले जानकारी दिईन ।
पानीको गुणस्तर र बोतलको तौलरगुणस्तर परिक्षणको लागि अलग अलग नमुना संकलन गरिएको र उत्पादन स्थलमा सरसफाइ एवं स्वच्छता कायम गर्ने, ब्याच नं. स्पष्ट खुल्ने गरि लगाउने लगायतका विषयमा अनुगमन टोलीले निर्देशन दिएको जनाएको छ ।
अबैध पेट्रोल बरामद
बजार अनुगमनका क्रममा अबैध रुपमा खजुरा ७ स्थित उढरापुर आसपास क्षेत्रको तिन वटा घुम्टी पसलेले गेलेनमा अबैध रुपमा बिक्रि बितरणका लागी राखीएका अन्दाजी २३ लिटर पेट्रोल बरामद गरि इलाका प्रहरी कार्यालय धनौलीमा नष्ट गरिएको अनुगमन बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईले बताए । अनुगमनका क्रममा ति मिलबाट उत्पादित खाद्य बस्तुहरु मापदण्ड अनुसार उत्पादन भएको पाईएको गौतमले बताए । पेट्रोल पम्पमा अनुमति प्राप्त ब्यक्तिले मापदण्ड पुरा गरि पेट्रोल बिक्रि बितरण गर्न पाउने ब्यवस्था भए पनि बाँकेमा छ्याप छ्याप्ती घुम्ती पसले र किराना पसलेले समेत अबैध रुपमा पेट्रोल मटट्ीतेल बिक्रि बितरण गरिरहेका छन् ।
संयुक्त बजार अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण पौड्याल, नासु देवीलाल चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्मा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य निरिक्षक नेत्रा बागेटी, नेपालगंज उपमहानगरपालिका अधिकृत बिमल गुरुङ, गुणस्तर तथा नापतौल कार्यालयका बोधराज ढकाल लगायतको सहभागिता रहेको थियो ।