खजुरामा प्रादेशिक विश्वविद्यालयको घोषणा

प्रदेश ५ सरकारले बाँकेको खजुरामा प्रादेशिक विश्वविद्यालय निर्माण गर्ने भएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बजेट पेश गर्दै खजुरामा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने बताएका हुन् ।

खजुराले आफ्नो पालिकाभित्र प्रादेशिक विश्वविद्यालयका स्थापनाका लागि एकसय विगाह जग्गा घोषणासँगै आवश्यक प्रक्रिया अगाडी बढाएपछि प्रदेश सरकारले घोषणा गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले प्रदेश सरकारको घोषणाप्रति खुशी व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया