बाँकेमा पहिलो संक्रमण देखापरेका एकजना धर्मगुरु सहित २१ जनाले कोरोना संक्रमणलाई पराजित गरेका छन् । संक्रमण पुष्टि भएपछि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा उपचारार्थ रहेका ६० वर्षीय मोअज्जीन सहित २१ जना संक्रमितहरुले कोरोनालाई पराजित गरि घर फर्किन लागेका हुन् ।
आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले २४ घण्टाभित्र गरिउको दोस्रो पटकको पिसिआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएका २१ जनालाई भोलि औपचारिक रुपले फुलमाला लगाएरै विदा गरिने बताए । डा. थापाका अनुसार, खजुरामामात्र बाँके र बर्दियाका २८ जना उपचारार्थ भर्ना छन् । (फाइल तस्वीरः संक्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरु, कोरोना विशेष अस्पतालबाहिर )








