कोरोना कहर

डिसेम्बर २०१९ को अन्तिम तिर विश्व स्वास्थ्य संगठनले एउटा नयाँ भाइरस चाइनामा आयो भन्ने घोषणा गर्यो । र, धमाधम मानिस रुगा, खोकी, स्वास फेर्न गारो भएर मर्न थाले भन्ने खबर पत्रपत्रिकामा पनि एका एक आउन थाले । शहर नै लक गरेर मान्छेलाई हिडडुल गर्न न दिई उपचार गरिरहेको छ । जनजीवन अस्तव्यस्त छ । उद्योग, कारखाना, बजार बन्द छ, गाडी, ट्रेन चल्दैन आदि हल्ला बिश्व भरि फैलियो । ठुला धनि देश युरोप अमेरिका लगायत अधिकार बादी संघ संस्थाले यो अन्तर्राष्ट्रिय कानुनको बिपरित हो भनेर मिडिया बाजी गर्न थालेर मानिसको हिड्न डुल्ने अधिकार प्राकृतिक हो । मानव अधिकार हो अब यसलाई रोक्न थाले चाइना निरंकुस तिर गयो, उत्तर कोरिया हुन् लाग्यो भन्ने धेरै भए । बिस्र्तारै युरोपमा देखिन थाल्यो र फिलिमका हिरो हिरोईंन, फुटवल स्टार, राष्ट्रपति जस्ता भिभिआइपीलाई समात्यो अनि युरोपियनहरु मर्न थाले तब फ्रान्स, ईटाली जस्ता देश नागरिकको उपचार गर्न असक्षम देखिए ।


चाईनिज मर्दा सामान्य मानेकाहरु आफु मर्न थालेपछि आत्तिए । त्यो बेलासम्म अमेरिकन राष्ट्रपति ट्रम्प चाईनिज फ्लु भन्दै हेला हिंसा गरेर बोल्दै थिए । सिटामोल खाउ भन्दै आफ्ना जनतालाई सिकाउदै थिए । जब अमेरिका र बेलायतमा देखिन थाल्यो तब विश्व डरायो । कसरि उपचार गर्ने मोडेल नै थाहा पाउन सकेनन् । बिपतमा काम गर्ने सबै कार्ययोजना शिथिल भए । अब कुन मोडेलमा जाने सबै अलमल परे तब फेरी चाईनिज मोडेल नै आयो । शहर लकडाउन गर्ने, चेन ब्रेक गर्ने, क्वारिनटाईनमा राख्ने, अईसोलेसनमा राख्ने, पिपीई प्रयोग गर्ने, हात साबुन पानीले धुने, स्यानीटाईजर प्रयोग गर्ने, तब चाईना प्रति मानिस सकारात्मक भए । ठुला देशले देश नै बन्द गरेर उपचार गर्दा बल्ल मानब अधिकारको परिभाषा पनि मौन बस्यो । अन्य कुरा यथावत रहेमा ( Other thing remaining same ) भन्ने अर्थशास्त्र को परिभाषा लागु भो र संयुक्त राष्ट्र संघ, एम्नेस्टी ईन्टरनेसनल जस्ता सस्था पनि मानबिय काम भनेर चुप भए । अब भारत पनि अछुतो रहेन । अमेरिकन युरोपियन डराएपछि भारत पनि डरायो र ट्रेन बन्द गर्यो । शहर लक् गर्यो र नागरिक को उपचारमा लाग्यो अनि नेपालमा यसको असर पर्यो । त्यो बेला सम्म नेपालमा सामान्य दैनिकी चलिरहेको थियो । नेपालीहरु बिश्लेषण गर्दै बसेका थिए । कोहि यो तेश्रो बिश्व युद्द हो भन्थे भने जैविक हतियार हो भन्ने पनि थिए । कोहि थाम्न सकिन्न अब सकियो धवस्त भयो भन्ने थिए भने कोहि परिस्थिति सग जुदै हेरौ भन्ने देखिन्थे । केहि निकास निक्लेला भन्ने पनि देखिए तर तयारि भने केहि थिएन । एक्कासि नेपालमा देखियो तब हल्ली खल्ली भो । नेपाली सुस्तता पुरै देखियो । परनिर्भरतामा अडेक्को देश यत्रो ठुलो महामारी थेग्न सक्ने अवस्थामा थिएन । नागरिकतर्फबाट बिरोध भयो र सरकारका प्रधान मन्त्री बिमारबाट निको हुदै थिए । ल्याब स्थापनामा ढिलाई, किट ल्याउन ढिलाई जस्ता कुराले यति ठुलो महामारीमा यस्तो अमानवीय काम देखियो र एक हप्तापछि बल्ल किट ल्याए तर खरिद बिबादमा नराम्रो सग मुछियो । महामारीमा पैसा कमाउन लागे लोभी पापी । तर सरकारको सयन्त्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले आफ्नो धर्म निभाई दिए । बिगतमा प्लेग र ईबोला जस्ता महामारीमा अन्तराष्ट्रिय स्तरमा काम गरेका स्वास्थ्यकर्मी धेरै सहयोग गरे र फलत ११ चैत्र २०७६ देखि देश लक्डाउन भो र बिद्यालय कलेजलाई क्वारेन्टाइन बनाइयो । सरकारी अस्पतालमा अईसोलेसनको व्यवस्था गरियो ।


संसार भरि रोगको हल्ला छ । मानिस आत्तिएका छन् । त्यहि बेला हाम्रो प्रधानमन्त्रीले बिधेयक ल्याए र राजनैतिक तरंगले महामारी सेलायो । विधेयक फिर्ता, सरकार परिवर्तन, लिपू लेक सिमाना बिबाद आदि कारणले नेपालमा कोरोना उपचारमा सरकारको गम्भीरता कम देखियो । कुनै तयारि जानकारी बिना बन्द गर्दा लाखौ मजदुर अलपत्र परे । दिल्लीदेखि हिडेर मानिस नेपाल र काठमाडौं देखि हिडेर पूर्व पश्चिमका जिल्ला मानिस पुग्न थाले । सुत्केरी महिला बाल बालिका च्यापेर मानिस आफ्नो थात थलो फर्कन थाले तब सरकार प्रति मानिसको आक्रोस देखियो । स्थानीय सरकार प्रदेश सरकारहरु लागे बिगतको अनुभबको कमि कारण ब्यबस्थापन कमजोरी देखिए । राहत दिए पनि लामो बन्दले मानिस आत्तिए । सचेतनामा न्यून ध्यान पुग्यो । हात धुने स्यानिटाईजर प्रयोग गर्ने कुरामा बानीका अभावको कारण आम नेपालीले झन्झट माने झैँ देखियो । तर डरले गरे । हातमा पन्जा मुखमा मास्क अनिबार्य भयो ।


यतिबेला संसार भरिको मानिस मर्ने डरले आत्तिएका छन । अरब खर्ब पतिहरु, सेलिब्रेटिहरु खेलकुदका हिरो हरु सबै घरमा थुनिएका छन । कहिले घर नबस्ने मानिस घरमा किन्जिएर बसेका छन् र मानिस आफनो जन्म थलो फर्किनेको दैनिक बोडरमा भिड छ । अहिले उडेर न थाक्ने सयौ यात्री बोकेर हजारौ किलोमिटर टाढा उडने कतार एयर, लुम्थान्सा एयरहरु थन्किएर बसेको छ । बुलेट ट्रेनहरु रोकिएर बसेका छन् । सयौ जहाजहरुको ट्रान्जिट कतार एयरपोर्ट, ह्याथ्रो बिमान स्थल फ्रांगफट बिमानस्थल जस्ता पुन जहाज उड्लान भनेर पर्खेर बसेका छन् । प्रकृतिले रंग फेरिकी छन् । अरब लगानी गर्दा सफा न भएको भारतको गंगा नदि पानी खान मिल्ने गरि सफा भएको छ । ओजन तहको प्वाल टालेको छ । काठमान्डुको शहरबाट सफा हिमाल देखिएको छ र नेपालगन्जको शहरमा बर्षौपछि प्री मनसुन बर्षा भो ।


संसारमा कहिले नसुत्ने क्यालिफोर्निया, लन्डन, पेरिस स्यानफ्रान्सिस्को र मिलान शहरहरुमा मान्छे आउन छाडे, आईफिल टावर ठिंग उभिएर पर्यटकको प्रतीक्षामा बसेको छ । ठुला होटल क्यासिनोहरु बन्द छ । अबको अबस्था के होला कोहि जान्दैन । अहिलेसम्म ३ लाख बढी मानिस मरिसके लाखौको संख्यामा संक्रमित छन । दैनिक यो संख्या अंक गणितीय तबरबाट बढी रहेको छ । रोग नियन्त्रणमा आउने छाटकाट देखिदैन ।


मानिस कति बेलाको मरिने हो भन्ने चिन्तामा छन । मर्न त मरिएला दाह संस्कार समेत हुन् नपाउला मलामी समेत न होलान भन्ने चिन्ता छ । नेपालमा भर्खर २ जना को त्यस्तै भयो । सबैलाई आफ्नो चिन्ता छ आफ्नो भन्दा पनि आफु सग निर्भर साना बाल बालिका बृद्ध आमा बाबुको चिन्ता छ । आर्थिक अवस्था दिन दिनै बिग्रदै छ । मध्यम बर्ग पनि अब राहत माग्न सडकमा आउन पर्ने अवस्था सिर्जना भए सरकारको पुरै ढुकुटी रित्तिएला जस्तो छ । उद्योग कलकारखाना होटेल पसल कार्यालय बन्द छ । निजि क्षेत्र कर्मचारीलाई तलब दिन नसक्ने भनि सके । बैकको ब्याज, पसलको भाडा कसरि तिर्ने भन्ने चिन्ता अहिले मर्ने भन्दा नि ठुलो चिन्ता भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया