कोरोनाका पाजेटिभ घटना बढ्दै जाँदा सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आजमात्रैं बाँकेमा कोरोनाबाट एक युवको ज्यान गएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीलाई उदधृत गर्दै अनलाइन खबरले प्रकाशमा ल्याएको छ । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । दुई जनाको ज्यान लिइसकेको कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउन फेरि थप गरेको हो ।