संक्रमण आशंकामा गाउँनै सिल


नार्खु भन्ने ठाउँ अझैँ पत्ता लागेन, बर्दियाको गुलरिया ११ लालपुर हुनसक्ने भन्दै सिल गरिएको हो

भावुक योगी

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको ठेगाना र संख्या सहित शनिवार विहान निकालेको विज्ञप्ती अनुसार बर्दियाको नार्खु ११ भन्ने ठाउँ लालपुर हुनसक्ने आशंकामा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुर गाउँ सिल गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले बर्दियाको नार्खु ११ मा एक महिलामा कोरोना पोजेटिभ देखिएको भनि प्रेस विज्ञप्ती जारी गरेपछि बर्दियामा नार्खु भन्ने ठाउँ नभएकाले गुलरिया नगरपालिकाको हो कि भन्ने आशंकामा लालपुर गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
‘नार्खु भन्ने ठेगाना अझैँ पत्ता लागेन, नार्खु चाईँ होईन, स्थानियसंग सोधपुछ गर्दा गुलरियाको लालपुर हो की भन्ने आशंका गरिएको छ, अझैँ एकिन भएको छैन, तरपनि आशंकामा अहिले लालपुर गाउँ सिल गरि स्वास्थ्य मन्त्रालयमा थप बुझिरहेका छौँ’ स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।
काठमाडौं बस्दै आएका, बर्दियाको गुलरिया नगरपालिका ११ लालपुर गाउँमा घर भएका पेशाले मासु ब्यवसायी रहेका उनि काठमाण्डौमा छन् । लकडाउन हुनुअघि ट्रक चढेर काठमाडौंबाट बर्दिया आएका र बैशाख मसान्ततिर काठमाडौं फर्केका उनको काठमाडौंमा चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएको जनाईएको छ ।
अझैँ पुष्टि भएको छैन, टेलिफोनबाट सोधपुछका क्रममा हुनसक्ने देखिन्छ, पुष्टि भएमा जोखिम बढ्न सक्ने भन्दै हाल गुलरिया नगरपालिका ११ को लालपुर गाउँलाई सिल गरिएको छ र लालपुर गाउँमा कोरोना परिक्षण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
बर्दियामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको भनिएको व्यक्ति महिला नभएर पुरुष हुनसक्ने आशंका पनि गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्दियाको नार्खु ११ की २८ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको प्रेस विज्ञप्ति मार्फत जनाएको थियो ।
मन्त्रालयले भने अनुसार बर्दियामा नार्खु नाम गरेको कुनै गाउँ नै नरहेको र संक्रमित व्यक्ति पनि महिला नभएर बर्दिया गुलरिया ११ लालपुर गाउँका पुरुष भएको हुनसक्ने स्थानियसंगको सोधपुछ पछि आशंका गरिएको स्वास्थ कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले शनिबार विहान बर्दियाको नार्खु ११ का एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रेस विज्ञप्ती जारी गरेपछि बर्दियामा नार्खु भन्ने ठाउँ पत्ता नलागेपछि स्थानियमा त्रास फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु ११ का संक्रमित भन्ने अपुष्ट ठेगानाले जिल्ला भर त्रास फैलिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानले बताउनुभयो । ठेगाना अपुष्ठ भएपनि मन्त्रालयले निकालेको विज्ञप्ती अनुसार कोरोना संक्रमित बर्दियाकै रहेको वा नरहेको पुष्टि भने अझैँ भएको छैन ।
यसअघि सोमबार बर्दियाको राजापुर ५ मा ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनको बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ । उनिसंगै रहेकी हजुरआमा सहित उनको सम्पर्कमा रहेका ३९ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया