https://www.youtube.com/watch?v=EPV-mXNsOx4
नेपालगन्जमा निषेधित क्षेत्रलाई सहुलियत दिंदै लकडाउनलाई प्रभावकारी बनाउने निर्णय पालनामा स्थानीय प्रशासनलाई हम्मे परेको छ । तीन दिनदेखि जारी निषेधित क्षेत्र बिहीबार मध्यराती सकिंनुअघि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा दिउँसो तीन घण्टा भने केही खुकुलो बनाउने निर्णय गरिएको हो । आज शुक्रबारबाट ११ बजेदेखि ३ बजेसम्म अत्यावश्यकीय खाद्यान्न खरिदका लागि खुकुलो बनाउने निर्णय गरिएको हो ।
प्रशासनले लकडाउन र निषेधित क्षेत्र कायम राख्दै उल्लंघन गर्नेलाई कानुनी कारवाही गर्ने बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले प्रशासनबाट अनुमति लिएका सवारी साधन मात्रै चल्न पाउने जानकारी दिएका छन् । ‘अनुमति विना सवारीसाधन चलेको भेटिए सवारीसाधन जफतसम्मको कारवाही गर्न सकिनेछ’, उनले भने, ‘विना काम हिडडुल गर्नेलाई प्रहरीले कारवाही गर्नेछ ।’ तर, बजारमा सवारी साधन चलाउने र अत्यावश्यक बाहेकमा बाहिर निक्निेहरुको संख्या उल्लेख्य हुँदा प्रहरीलाई सम्हाल्न कठिन भएको देखिन्छ ।








