कोरोना संक्रमितहरुको कन्ट्याक्ट टे«सिङबाट संकलन गरिएका १ सय ३६ स्वाब मध्ये ३४ को परीक्षण सकिएको छ । स्वास्थय कार्यालय नेपालगन्जका फोकल पर्सन नरेन्द्र श्रेष्ठले बिहीबार नतिजा आएका ३४ वटै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय नेपालगन्जका अनुसार, बिहीबार ४८ वटा स्वाब संकलन गरिएको छ । फोकल पर्सन श्रेष्ठले खजुरा गाउँपालिका वडा नं. ७ बाट १७, क्यान्सर अस्पतालबाट १ र विपीचोकबाट ३० वटा स्याम्पल कलेक्सन गरिएको हो ।
बिहीबार दिउँसो ४ बजेसम्मको तथ्यांक अनुसार, बाँकेमा अब १ सय ५८ जनाको नतिजा पर्खाइमा रहेको छ । हालसम्म बाँकेमा १ हजार १ सय ९१ नमूना संकलन गरिएकोमा ९ सय ८४ को रिपोर्ट नेगेटिभ आएको छ । २३ पोजेटिभको आइसोलेसन अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
बाँकेका ८ स्थानीय तहमा २१ वटा क्वारेन्टाइन बनाइएको छ । जसमा १ हजार १३ बेड संख्या रहेको स्वास्थ्य कार्यालय नेपालगन्जले जानकारी दिएको छ । क्वारेन्टाइनमा बसेका १ सय ६८ को आडीटी परीक्षण नगरी घर पठाइएको थियो । बाँकेमा अझै पनि १ सय महिला र २ सय ९० पुरुष क्वारेन्टाइनमा रहेका छन् । हालसम्म क्वारेन्टाइन बस्नेको संख्या १ हजार ५ सय २२ रहेको छ ।
नेपालगन्जमा हजार नमूना संकलन गर्दै महाशाखा
सय नाघ्यो कोरोना संक्रमित, प्रदेश ५ मा २ थपिए
नेपालगन्जमा कोरोना परीक्षणका लागि १ हजारको नमूना संकलन गरिनेछ भएको छ । सरकारले कोरोना भाइरसका सङ्क्रमित संख्याको आधारमा हटस्पटका रुपमा देखिएको नेपालगन्ज सहित उदयपुर र वीरगन्जमा थप नमूना सङ्कलनको तयारी गरेको हो । त्यसका लागि इपिडिमियोलोजी तथा
रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ ।
कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५००, वीरगन्ज र नेपालगन्ज कम्तीमा एक÷एक हजार जनाको नमूना सङ्कलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
सरकारले हालसम्म १४ हजार ५०९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ४५१ वटा परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३७२ रहेको छ । अहिलेसम्म आइसोलेशनमा १३३ जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर १३० जना रहेका छन् । स्वमूल्याङ्नका लागि फारम भर्नेको संख्या ३३ हजार ५२२ पुगेको छ । जसमा रेड जोनमा हालसम्म ३३५ जना रहेका छन् । बिहीबारसम्म नेपालमा कोरोना पोजेटिभको संख्या १ सय १ पुगेको छ । बिहीबार प्रदेश ५ को कपिलवस्तुमा २ जना थपिएका हुन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।