सामाजिक दुरी कायम गराउने क्रममा प्रहरी र स्थानीय बासी बीच त्रिवेणीमोडमा भएको तनाव शान्त भएको छ । मंगलबार पसल, सडकमा भीडभाड भएपछि प्रहरीले कडाई गरेको थियो । त्यसक्रममा स्थानीय र प्रहरी बीच ढुंगा हानाहान भएको हो । प्रहरीले एक स्थानीय युवालाई त्यसक्रममा नियन्त्रणमा समेत लिएको छ ।
प्रहरी र स्थानीय बीच झडप भएपछि थप प्रहरी खटाइएको थियो । स्थानीय प्रहरी सँगको विवाद पछि निषेधाज्ञाको माइकिग गरिरहेको गाडी माथि ढुंगा प्रहार गरेका थिए ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिएका थिए । निषेधाज्ञा ११ बजे देखि सुरु हुने भएपछि साढे १० बजे नै प्रहरीले बल प्रयोग गरेको स्थानीयले बताएका छन् ।
यद्यपि, लकडाउन कायम रहेकाले प्रशासनले सामाजिक दुरी कायम गरेर मात्रै अत्यावश्यकीय वस्तुको खरिद, बिक्रीका लागि आग्रह गर्दै आएको थियो । आज ११ देखि बैशाख २५ गते रातीसम्म नेपालगन्जमा निषेधाज्ञा जारी भएको छ ।