बाँकेका मस्जिदमा बस्नेहरुको कोरोना परीक्षण सुरु भएको छ । जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको निर्णय अनुसार बाँकेमा कोभिडको परीक्षण सुरु गरिएको हो ।
मंगलबार नेपालगन्जको फुल्टेक्रा स्थित फैजाने जामा मस्जिदमा रहेका १० जना व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले धर्मगुरुहरु सँग मस्जिदमा बस्नेहरुको कोरोना परीक्षणका लागि सहयोग गर्न समन्वयात्मक बैठक गरेको छ । जसमा इस्लाम धर्मगुरुहरुले सघाउने प्रतिबद्धता जनाइसकेका छन् ।