अनुगमन समितिद्धारा काम गर्न सुरु

बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न गठित बाँके जिल्ला स्तरिय मानव अधिकार अनुगमन समिति गठन गरि कार्य प्रारम्भ गरीएको छ । गठन भए संगै समितिले नेपाल भारत सिमा क्षेत्र दशगजा, महेन्द्रबहुमुखि क्याम्पस लगायतका अन्य क्वारेन्टिनको अवस्था र मापदण्ड बारे अनुगमन गरेका थियो ।


मानव अधिकार अवस्था अनुगमनलाई थप प्रभावकारी बनाउन केन्द्रीयस्तरको अनुगमन समिति सहित केन्द्र, प्रदेश र ७७ वटै जिल्लामा आयोग सहित नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घका सस्थागत पदाधिकारी र अधिकारकर्मी समेतको सहभागिता रहने गरी कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको मानव अधिकार अवस्था अनुगमन नेटवर्कको कार्यबिधि बमोजिम बाँकेमा अनुगमन समिति गठन गरिएको हो ।


२०७७ बैशाख ७ गते बाँकेमा गैर सरकारी सस्था महासंघ बाँके शाखा अध्यक्ष नमस्कार शाहको संयोजकत्वमा गठित समितिमा बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मोहम्मद अयूव सिद्धिकी, नेपाल पत्रकार महासंघका बाँके अध्यक्ष ठाकुर सिंह थारु, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्धारिका अधिकारी अधिकारकर्मी वसन्त गौतम र रबिन्द्र कर्ण रहेका छन् । समितिको आमन्त्रित सदस्य नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य रहनु भएको छ ।
वर्तमान जटिल परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भइ भएरहेका कार्य, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायतका विषयमा अनुगमन थालिएको समितिका सदस्य वसन्त गौतमले जानकारी दिए ।


समितिका सदस्यले नेपाल भारत सिमा क्षेत्र दशगजा नजिक बसेका र महेन्द्र बहुमुखि क्याम्पस स्थित क्वारेन्टिन र त्यसमा  रहेका ब्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको थियो ।
दशगजामा रहेका नागरिकहरुले क्वारेन्टिनमा उचित स्वास्थ्य जाँचको उचित प्रवन्ध नभएका,े शौचालय फोहर रहेको,  खाजाको गुणस्तर नभएको  गुनासो गरेका थिए । चाइनिज कपडाको घरमा भुईमा बस्नु पर्दा गर्मिमा हावा हुरी र पानीको चिन्ता भएको, १४ दिन पछि पोलको बत्ति समेत काटिएकोले साँझमा अप्ठेरो परेका बताएका थिए । कतिले घर जान दिने बारेमा उचित सुचना नदिएको १४ दिन पछिको बसाईको पुर्जि नदिएको गुसानो गर्दै सरकारले घरसम्म जाने यातायातको उचित ब्यवस्थापन मिलाई दिन माग गरेका थिए ।


क्वारेन्टिनमा बसेकाहरुबाट उपरोक्त बमोजिमको कुरा आए पश्चात सो बिषयमा समितिका संयोजक नमस्कार शाह, सदस्यहरु वसन्त गौतम र बिकाश आचार्यले  २०७६ बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र उपमेयर उमाथापा मगरको ध्यानाकर्षण गराईएको थियो । प्राप्त तथ्यहरुको बारेमा राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय नेपालगंजका उपनिर्देशक चन्द्रकान्त चापागाईलाई समेत जानकारी गराईएको थियो ।
यसै गरि अनुमन समितिले खजुरा गापाको मैटहवा माबिमा रहेको क्वारेन्टिन अवस्थाको बारेमा जानकारी लिएको छ । खजुराको मैटहवा माबिमा ब्यवस्थापन गरेको क्यारेन्टिनमा हाल १३ जना रहेका छन् । क्वारेन्टिनमा १ बालिका सहित ३ महिला र १० पुरुष छन् ।


क्वारेन्टिनमा बस्नेहरुको लागी खानपान, बासस्थान र शौचालयको ब्यवस्था, फ्रि वाईफाईको ब्यवस्था भए पनि नहुदा दिन कटाउन गाह्रो भएको भन्दै खेलकुद र अन्य स्वास्थ्य, शिक्षा सम्बन्धी पाठ्य सामाग्रीको ब्यवस्था हुन सके राम्रो हुने क्वारेन्टिनमा बसेकाले बताएका थिए ।
यसै बिच क्वारेन्टिन ब्यवस्थापनमा खटिएकाहरुका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र अन्य ब्यक्तिहरुले ब्यक्तिगत सुरक्षा सामाग्रीको प्रयाप्तता नभएको बताएका छन् । ब्यवस्थापनमा खटिनेहका लागी गाउँपालिकाले राम्रो खालको माक्स, सेनिटाईजर, पन्जा लगायतका संक्रमण फैलिन नदिन आवश्यक पर्ने सुरक्षा सामाग्रीका अभाव रहेको बताएका थिए ।


सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कोरोना संक्रमित बिरामी राख्दा  त्यसको असर क्यान्सरका बिरामीलाई पर्न सक्ने बताइएको छ । किमो थेपारीका डेकेयरका बिरामीलाई नजिकै अर्को भवनमा राख्दा क्यान्सरका बिरामीहरु कोरोनाको उच्च जोखिम पर्न सक्ने अस्पतालका प्रशासन प्रमुख निर्मल श्रेष्ठले बताएका छन्् ।

प्रतिक्रिया

प्रतिक्रिया