भोकभोकै बस्नुपरेपछि घेरियो नगरपालिका

पीडितहरु भन्छन् : कोरोना लाग्ला, नलाग्ला भोकै मर्न सकिन्न

लकडाउन बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेहरुलाई हातमुख जोर्न नै समस्या भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका सोमबार घेरिएको छ ।

वडा सरकारकोे अन्यायपछि न्यायका लागि उपमहानगरपालिका पुगेका नेपालगन्ज ४ का पीडितहरु

नेपालगन्ज वडा नं. ४ ले वितरण गरेको राहतमा समेत मनोमानी भएको आरोप उनीहरुको छ । सम्पत्तिवाला, आफन्त र घरधनीहरुलाई राहत वितरण गरी भाडामा बस्ने गरिब, मजदुरलाई राहत समेत नदिइएको भन्दै वडा कार्यालय तालाबन्दी गरेका उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाको गेटमा धर्ना दिन पुगेका हुन् ।

धर्ना दिंदा पनि सुनुवाई नभएपछि उनीहरुले मुल गेटको साँचो नै आफ्नो कब्जामा लिई पदाधिकारीहरुलाई आफ्नो बारेमा निर्णय लिन दबाब दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया