नेपालगन्जमा मानिसहरुले लकडाउन कार्यान्वयनका लागि प्रहरीले कडाई गर्दै आएको छ । तर, मानिसहरु कुनै न कुनै वहाना बनाएर घरबाट बाहिर निस्कन थालेपछि लकडाउन कार्यान्वयनका लागि प्रहरी हैरान भैसकेको छ ।
सुरुमा मोटरसाइकलको चाबी नियन्त्रणमा लिने गरेको प्रहरीले अब मानिसहरु पनि नियन्त्रणमा लिन थालेको छ । प्रहरीले हालसम्म झण्डै १ हजार ३ सय मोटरसाइकलको चाबी नियन्त्रणमा लिइसकेको छ ।
मंगलबार अबेर साँझसम्म प्रहरीले लकडाउन उल्लंघन गर्ने २ महिला सहित ४८ जनालाई नियन्त्रणमा लिएको डिएपी शिव बहादुर सिंहले जानकारी दिएका छन् । प्रहरीले मानिसहरु नियन्त्रणका लागि क्याच स्टिक पनि बनाएकोछ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले मानिसहरुको लापरवाही प्रति चिन्तित रहेको बताएका छन् । हामीले हात जोडेर अनुरोध गरेका छौं, तर पनि कतैकतै अटेरी गरेको पाइन्छ, उनी भन्छन् । लट्ठी हान्यो भने दुव्र्यवहार भयो भन्छन्, कडाई नगर्ने हो भने लापरवाही भयो भन्छन्, एसपी ओलीले भने, भोलि संक्रमणको अप्रिय अवस्था आयो भने त्यसको अपजस प्रशासनलाई नै आउँछ । उनी मानिसहरु आफैले विश्वमा देखिएको भयावह अवस्था हेरेर सतर्क हुनुपर्ने बताउँछन् ।