नेपाल भारत सीमाको कैलाली स्थित गौरीफन्टा नाकाबाट छिरेका मध्ये बाँकेका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई क्वारेन्टाइनमा राखेको जानकारी दिएको छ ।
सोही नाकाबाट छिरेका १९८ मध्ये १ जनामा कोरोना संक्रमण देखिइसकेको छ । गौरिफान्दाबाट छिरेका व्यक्तिमा कोरोना देखिएपछि सो नाकाबाट छिरेकाहरुलाई प्रशासनले खोजेको थियो ।
स्वास्थ्य मन्त्रालयले शनिबार कञ्चनपुरका ४१ वर्षीय पुरुष, कैलालीका २१ वर्षीय युवक र कैलालीकै ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।
भारतको मुम्बईबाट आएका २१ वर्षीय युवक चैत १२ गते कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका थिए । यसैगरी उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय व्यक्ति चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका थिए ।
२१ वर्षीय युवक कैलालीको प्रतापपुरका र ४१ वर्षीय पुरुष कञ्चनपुरको बेदकोटका बासिन्दा हुन् । ती तिनैजनाको उपचार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको छ ।