चिकित्सकलाई एनप्याब्सनको सहयोग

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापालाई चिकित्सकको अपरिहार्य आवश्यकताका रुपमा रहेको पीपीई सेट हस्तान्तरण गर्दै एनप्याब्सनका उपाध्यक्ष चीरन्जीवी चन्द, केन्द्रीय सचिव कुसुम रानाभाट लगायत


नेशनल प्याब्सन बाँकेले स्वास्थ्यकर्मीको सुरक्षालाई सहयोग पुग्ने गरि पीपीई हस्तान्तरण गरेको छ ।
‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, शरीरमा लाउने कपडा, जुत्ता, स्यानिटाइजर, जुत्ता कभरसहित आठ प्रकारका स्वास्थ्य सामग्रीको पीपीई सेट प्रदान गरिएको हो ।
नेशनल प्याब्सनका बाँकेका उपाध्यक्ष चिरन्जीवी चन्दका अनुसार, भेरी अस्पताल प्रमुख डा. प्रकाश थापा र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक भोजराज जैशीलाई पीपीई हस्तान्तरण गरिएको थियो ।
चन्दले दिएको जानकारी अनुसार, भेरी अस्पताललाई पाँच वटा र शिक्षण अस्पताल कोहलपुरलाई १० पीपीई नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कंवर, नेशनल प्याब्सनका केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले हस्तान्तरण गरेका हुन् । चन्दले करीब १ लाख मुल्यको सामाग्री सहयोग गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया