नेपालगन्जमा प्रहरीले दुई दिनमा लकडाउन उल्लंघन गर्ने १ हजार मोटरसाइकलको चाबी खोसेको छ । विभिन्न बहाना बनाएर मोटरसाइकल लिएर हिड्ने विरुद्ध प्रहरीले कडाई गरेको हो ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले बिना काम मोटरसाइकल लिएर हिड्नेहरुको मोटरसाइकलको चाबी खोसिएको बताएका छन् । प्रहरीले लकडाउन कडाईका साथ पालना गर्न चेकजाँच पनि बढाएको छ ।
प्रहरीले आइतबार ५ सय ३ र शनिबार ४ सय ४१ मोटरसाइकलको चाबी खोसेको हो ।